काठमाडौं– नेपालको चार दिने भ्रमण रहेकी नोवेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सु चीले लोकतन्त्र भनेको राजनीतिक दलहरु मात्र नभई यो एउटा 'सस्कार' भएको बताएकी छन्।उनले सामाजीक लोकतन्त्रमा समावेशीता हुने समेत बताईन्। अहिलेको लोकतन्त्र पहिलेको भन्दा निकै समावेशी भएको दाबी उनको थियो। 'सामाजिक लोकतन्त्रमा सबै जात, धर्म, जाती र वीचारको प्रतिनिधित्व हुन्छ,' राजधानीको होटल हायतमा शनिबार 'सामाजिक लोकतन्त्रको सार्न्दभिकता' बिषयमा बोल्दै सु चीले भनिन्, 'हामीले सम्पूर्ण जनताको भावना बुझ्नु पर्छ, कुनै जाति विशेषको मात्र होइन।' एक हजार भन्दा बढिको उपस्थिती रहेको कार्यक्रममा बोल्दै उनले सरकार समाजको एउटा अंग मात्र भएको बताईन्। सरकार एक्लैले देशको भविष्यको निर्णय लिन नसक्ने धारणा उनको थियो। सामाजिक लोकतन्त्रमा हुने प्रत्येक विकासका गतिविधिमा जनताको भूमिका निर्णायक हुने उनले जनाईन्। 'लोकतन्त्र जनता प्रति उत्तरदायी हुन्छ। लोकतन्त्रको अर्थ जनता र तीनको अधिरकार सम्मान गर्ने मात्र होइन संरक्षण गर्ने पनि हो,' सु चीले भनिन्। विकासको नाममा लोकतन्त्रका मूल्य मान्यतमा सम्झौता गर्न नसकिने र नहुने भनाई उनको थियो। उनले आँफु लोकतन्त्र र अहिंसाम विश्वास गर्ने समेत बताईन् ।
अर्को समाचार
लोकतन्त्र एउटा संस्कार:सु ची
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस

यो पनि पढौँ
ट्रेन्डिङ