काठमाडौं- म नेपाली सेनाको व्यावसायिकताको प्रशंसा गर्न चाहन्छु,' १५ वर्ष आफ्नै घरमा सैनिक शासनको नजरबन्दमा बिताएकी म्यानमारकी प्रजान्त्रवादी नेत्री आङ सान सु ची भन्दै थिइन्, 'म चाहन्छु म्यानमारको सेना पनि यस्तै बनोस्।'बिपी चिन्तन प्रतिष्ठानको आयोजनामा शनिबार बौद्धस्थित होटल हायत रिजेन्सीमा सुरु 'प्रजातान्त्रिक समाजवादको भविष्य' विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहकी प्रमुख वक्ता उनले देशमा लोकतान्त्रिक समाजवाद स्थापित गर्न सेनालाई व्यावसायिक बनाउनुपर्ने बताइन्। उनले भनिन्, 'हामीले चाल्नुपर्ने यो नै यस्तो अत्यावश्यक कदम हो, जसले मेरो देशमा लोकतान्त्रिक समाजवादलाई अघि बढाउन सक्छ। जुन नाममा मात्र सीमित नभई साँच्चिकै जनताको विश्वास जित्न र आवश्यकतालाई सम्बोधन गर्न सक्षम हुनेछ।'
सन् २०१० को नोभेम्बरमा सैनिक नजरबन्दबाट मुक्त भएकी सु चीले 'ठुल्ठूला समस्याले घेरिए पनि समाधान निकाल्ने' नेपाल विश्वमै ज्वलन्त उदाहरण बनेको बताइन्। लोकतान्त्रिक राजनीतिको महŒवपूर्ण शिक्षा नेपालले प्राप्त गरेकाले ठूला समस्या समाधान गर्न सफल भएको बुझाइ उनको थियो। नेपाल र म्यानमारका राजनीतिक घटनाक्रमलाई जोड्दै कार्यक्रममा उनले लोकतान्त्रिक समाजवादलाई परिभाषित गरिन्।
'वार्ताबाट निस्कने सहमतिको सम्मान गर्न सिक्नुपर्छ। सहमतिलाई असफलतासँग जोड्ने पनि यहाँ छन्। त्यस्तो होइन, संवाद (वार्ता) एउटा शक्ति हो,' सु ची भन्दै थिइन्, 'संवादमार्फत सहमति कायम गरेर नेपालीले ठूलो बल प्राप्त गरेका छन्। र, बहुसंख्यक जनतालाई मान्य हुने संविधान जारी गरी कोसेढुंगा कायम गर्ने प्रक्रियामा छन्।'
उनले आफूहरु पनि म्यानमारमा बहुसंख्यक जनतालाई मान्य हुने संविधान बनाउने प्रक्रियामा रहेको जनाइन्। 'संवादमार्फत निकालिने सहमति सम्मानितमात्र होइन, प्रशंनीय र व्यावहारिक पनि हुन्छ भन्ने यहाँबाट सिक्न सकिन्छ,' उनले भनिन्।
लोकतन्त्रमा जनताको सम्मान हुने उनले बताइन्। जनतलाई सम्मान दिनु भनेको उनीहरुलाई अधिकारको प्रत्याभूति गराउनुमात्र होइन, जिम्मेवार बनाउनु पनि रहेको उनले जनाइन्। अधिनायकवादबाट भर्खरै मुक्त भई शिर उठाउँदै गरेका राष्ट्रलाई लोकतान्त्रिक समाजवादको महत्व अझ बढी हुने उनको विश्वास थियो। नेपाल, म्यानमार र चिली लामो समय अधिनायकबादबाट गुजि्रएको स्मरण गर्दै सु चीले त्यसैका कारण जनता धेरै दशकसम्म अधिकारविहीन हुनुपरेको बताइन्।
'हाम्रा देशका जनता दशकौंसम्म त्यस्तो समाजमा रहे, जहाँ सरकारले सबै कुराको निर्णय गर्थ्यो तर बल्ल जनताले आफूसँग अधिकारमात्र होइन, जिम्मेवारी पनि रहने बुझेका छन्, त्यसलाई अब कहिल्यै बिर्सनु हुँदैन,' सु चीले भनिन्।
सरकार भनेको राजनीतिक विचार मात्र नभएको उनको ठम्याइ थियो। उनले सरकार संस्कार भएको बताइन्। उनले लोकतान्त्रिक संस्कार एक रातमा प्राप्त गर्न नसकिने बताइन्। 'भर्खरै उठ्दै गरेको लोकतन्त्रका लागि सबैभन्दा खतरा विकासका नाममा हुने गरेको छ। विकासका नाममा केही लोकतान्त्रिक अधिकार कटौती हुने देखिएको छ,' उनले स्पष्ट पारिन्।
उनले म्यानमार एक समय एसियामै उदाहरणीय देश बनेको स्मरण गरिन्। तर, वर्षौं सेनाको तानशाही शासन चल्दा अहिले देश गरिब बनेको उनले जनाइन्। सैनिक शासनका कारण जनताको आत्मविश्वास कमजोर बनेको उनले बताइन्। उनले भनिन्, 'हिंसाले गुमेको आत्मविश्वास बढाउँछ भन्नेमा हामी विश्वास गर्दैनौं।'
नेपालमा जस्तै म्यानमारमा पनि धेरै जातजाति रहेको उनले बताइन्। 'एउटा जातीय तथा बलियो समूहको मात्र होइन, हामीले सबै मानवका आधारभूत आवश्यकता बुझ्न जरुरी छ, सबैलाई समान आधार र जिम्मेवारी दिनुपर्छ, समानता नै सबै प्रकारका सम्बन्धको आधार हो,' सु चीले भनिन्।
लोकतान्त्रिक समाजवादमा समावेशिता हुने उनले जनाइन्। समाजमा सबै प्रकारका राजनीतिक विचार, धर्म, जातजाति हुने भएकाले समाज कहाँ अन्त हुन्छ र सरकार कहाँबाट सुरु हुन्छ भन्ने बुझ्नुपर्ने उनको तर्क थियो।
शुक्रबार नेपाल आएपछिको २४ घन्टामा आफूले नेपालका सात पूर्व प्रधानमन्त्रीलाई भेटेको प्रसंंगसमेत उनले जोडिन्। उनले आफू लोकतन्त्र र अहिंसामा विश्वास गर्ने समेत बताइन्।