काठमाडौं- म्यान्मारकी लोकतन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु चीले लोकतान्त्रिक संविधान निर्माण विश्वकै एजेन्डा भएको जनाउँदै सबैलाई मान्य हुने संविधान बनाउन नेपालका सभासदहरूलाई सुझाव दिएकी छन्।'सबैलाई मान्य हुने संविधान बनाउनु जटिल कार्य हो,' नेपाल भ्रमणमा रहेकी सु चीले शनिबार संविधानसभा भवनमा आयोजित स्वागत तथा सम्बोधन कार्यक्रममा सभासदहरुलाई भनिन्, 'सबैलाई मान्य हुने संविधान मात्र स्वीकारयोग्य हुनेमा हामी सबैको ध्यान जानुपर्छ।' नेपालको संविधानसभाबाट सबैलाई स्वीकार हुने संविधान बन्नेमा आफू आशावादी रहेको उनको भनाइ छ।
लोकतन्त्र मजबुत बनाउन नियम र कानुन कार्यान्वयन महŒवपूर्ण हुने सु चीको ठम्याइ छ। 'कुनै पनि मुलुकमा लोकतन्त्र छ कि छैन भन्ने कुरा त्यो देशको नियम र कानुनमा हुने कार्यान्वयन पक्षमा आधारित छ,' उनले भनिन्, 'नियम र कानुन कार्यान्वयन हुन सकेन भने लोकतन्त्र बलियो हुँदैन, जनताले लोकतन्त्रको अनुभव गर्न पनि सक्दैनन्।' लोकतान्त्रिक संविधान विश्वको एजेन्डा भएको जनाउँदै उनले त्यो एजेन्डामा नेपालको संविधानसभा पनि अग्रसर हुने विश्वास व्यक्त गरिन्।
म्यान्मारमा सन् २०१५ मा हुने निर्वाचनमा संविधान संशोधनको एजेन्डा लिएर आफू निर्वाचनमा जाने जानकारी दिँदै सु चीले त्यसका लागि सहयोग र समर्थन जनाइदिन पनि आग्रह गरिन्। 'लोकतन्त्र एउटा देशमा मात्र संस्थागत भएर हुँदैन, वरपरका देशमा पनि संस्थागत हुन जरुरी छ,' उनले भनिन्, 'सन २०१५ मा हुने निर्वाचनमा संविधान संशोधनको एजेन्डा लिएर जाँदैछु, त्यसमा तपार्इंहरूको सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण विश्वस्त छु।'
सु चीले आफू सैनिक परिवारको भए पनि अन्ततः सैनिकसँग लडाइँ गर्नुपरेको बताइन्। 'तर, नेपाली सेनाले लोकतन्त्रलाई निकै सहयोग गरेका छन्,' उनले भनिन्, 'नेपालका सैनिकबाट बर्मेली (म्यान्मार) सैनिकले धेरै सिक्न जरुरी छ।'
अपराह्न ४ बजे संविधानसभा भवनमा सम्बोधन गरेकी सु चीले त्यसअघि राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्व प्रधानमन्त्रीहरु लगायतसँग अलग–अलग भेटवार्ता गरेकी थिइन्।