काठमाडौं- कार्यगत एकताको लागि भन्दै एमाओवादीसहित पाँच दलको बैठक बसेको छ। नेकपा-माओवादीको पार्टी कार्यलय बुद्धनगरमा भएको बैठकमा एमाओवादीसहित नेकपा-माओवादी, नेकपा एकीकृत (क्रान्तिकारी), कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी)को सहभागिता थियो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित पाँचै पार्टीका प्रमुखहरुको सहभागिता थियो। कार्यगत एकताको लागि औपचारिकरुपमै पहिलो बैठक बसेको नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले बताए। बैठका संयन्त्रको अवधारणाबारे समेत छलफल भएको उनले बताए।
'बैठकमा संयन्त्रको अवधारणमाथि छलफल भएको छ। छलफल सकारात्क दिशातर्फ गएको छ,'उनले भने, 'असार ७ गते पुनः बैठक बसी थप निष्कर्षमा पुग्नेछौं'