प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ दलका नेताहरूसँग छलफल गरेका छन्। शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले सभामुख सापकोटा, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन्।
उक्त भेटमा मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप बलियो बनाउनेबारे छलफल भएको बताइएको छ। शुक्रबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच सरकार विस्तारका विषयमा छलफल भएको थियो।
यसैगरि, संसद्को अधिवेशन बोलाउने तयारीबारे छलफल रहेकाे बताइएकाे छ।