मन्त्रिपरिषद्को बैठकले संघीय संसदको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिले गत साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेकी थिइन्।
संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।