काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनले नेतृत्वको छनोट सर्वसम्मत रुपमा गर्ने भन्दै अध्यक्षमा आफ्नो दावी समेत रहेको बताए।नवौं महाधिवेशनको मुल व्यवस्थापन कमिटीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले आफ्नो नाममा सर्वसम्मत भए 'दुवै हात उठाएर' स्वीकार्ने बताए। 'मेरो नाममा सर्वसम्मत भए दुवै हात उठाएर सहमति व्यक्त गर्छु,' खनालले भने, 'माधव कमरेड र केपी कमरेड जसको नेतृत्वमा सहमति भएपनि स्वीकार्छु।' अध्यक्ष खनालले वैचारिक, संगठनात्मक विषयमा सहमति जुटिसकेकोले अन्य विषयमा विवाद गर्न आवश्यक नभएको बताएका थिए। अध्यक्ष खनालले पछिल्लो समयमा विचार समूहको नाममा भैरहेको छुट्टाछुट्टै भेला प्रति असन्तुष्टि जनाए। 'कार्यदिशा, नीति र कार्यक्रममा सबैको सहमति बनिसकेको छ। यसमा ठूलो बहस र छलफल गर्न आवश्यक छैन,' खनालले भने, 'छलफल र बहसको कार्यक्रमलाई आत्मीय अनुरागका साथ गर्नुहोस।' पत्रकार सम्मेलनमा असार १९ गते हुने नवौं महाधिवेशनको तयारीका बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा महाधिवेशनको नेतृत्व छनोटका लागि विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने जानकारी गराइयो। केन्द्रीय कमिटीका १ सय ४९, अनुशासन, लेखा र निर्वाचन आयोग, पदाधिकारी तथा सदस्यहरुको छनोट महाधिवेशनले गर्ने छ। कार्यक्रममा मुल व्यवस्थापन कमिटीमा सचिव विष्णु रिमालको तयारीको बारेमा जानकारी गराएका थिए।
अर्को समाचार
सर्वसम्मत भए अध्यक्ष हुन्छु:खनाल
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस

यो पनि पढौँ
ट्रेन्डिङ