खनालको गृहजिल्लामा एक हुँदै एमाले
२० भदौ २०७८
•
३ मिनेट पाठ
खनालको गृहजिल्लामा एक हुँदै एमाले
नेकपा (एमाले)को जिल्ला सचिवालय बैठकका सहभागी। तस्बिर : नागरिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा नेकपा (एमाले)का अधिकतर जनप्रतिनिधि र नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना देखिएको छ। एमाले फुटेपछि जनप्रतिनिधिले दल रोज्न पाउने समय २ दिनमात्र बाँकी रहँदा सबैजसो स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष एमालेकै बैठकमा सहभागी हुँदैछन्।  




जिल्लास्थित खनालनिकट भनिएका जनप्रतिनिधि र पार्टीका अगुवा नेता नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पार्टी दर्ता गर्दाताका १० बुँदे सहमति कार्यान्वयन र दोस्रो तहका नेताको निर्णय पर्खिरहेका थिए। केन्द्रमा विभाजन भइ नयाँ दल दर्ता र १० बुँदे कार्यान्वयनमा सहमति भइसकेपनि जिल्लामा चाहिँ नयाँ दल गठन भएको छैन। बरु, एमालेको समानान्तर जिल्ला कमिटी बनाएका अधिकतर नेता–कार्यकर्ता नै अहिले एमाले जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी भएका छन्। र, जिल्लामा १० बुँदे सहमति कार्यान्वयनका लागि जिल्लाले आफैं कार्यादेश तय गर्नेगरी दुर्वतर्फका नेता सम्मिलित कार्यदल गठन भएको छ।  

सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकमा खनालनिकट मानिने एमाले १ नम्बर प्रदेश सदस्य मणिकुमार लिम्बू, ध्रुव श्रेष्ठ, रणबहादुर राई, उदयबहादुर राई, चित्रकला बराइलीलगायत सहभागी भए। बैठकले जिल्ला अध्यक्ष रामबहादुर रानाको संयोजकत्वमा महेश बस्नेत, गणेश बराल, कृष्ण श्रेष्ठ, उदयबहादुर राई, रणबहादुर राई र चित्रकला बराइली सदस्य रहेको कार्यदय गठन गरेको छ। एमालेले पूर्वप्रधानमन्त्री खनाल तथा प्रदेश सांसद खिनु लङ्वा लिम्बूलगायत जनप्रतिनिधिलाई जनभावनाको कदर गर्दै पार्टीमै रहन सार्वजनिक अपिलसमेत गरेको छ। पार्टी विभाजनमा नलाग्न पनि नेता–कार्यकर्तालाई सचिवालय बैठकले आग्रह गरेको छ।

१० बुँदे सहमति अक्षरशः पालना गर्दै जनवर्गीय, वडा कमिटी, पेसागत संगठन, जिल्ला लेखा र निर्वाचन कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा क्रियाशील राख्ने निर्णयसमेत बैठकले गरेको जिल्ला कमिटी सदस्य रवीन्द्र सुवेदीले जानकारी दिए। तर, यसबीचमा अन्य पार्टीबाट आएका नेता–कार्यकर्तामध्ये राज थापा, अमर तामाङ र दामोदर भट्टराईलाई जिल्ला सचिवालय सदस्य तथा दीपक गौतम, नवीन मगरलगायतलाई जिल्ला सदस्य बनाउने निर्णय भएको एमालेले जनाएको छ।  

बैठकले जिल्लाका ८१ वटै वडाको अधिवेशन आउँदो कात्तिक ६ मा र १० वटै स्थानीय तहको अधिवेशन कात्तिक ९ मा गर्ने निर्णय पनि गरेको छ। एमालेले भदौ २६ मा सबै स्थानीय तहका नेता–कार्यकर्ताको भेला आयोजना गरी प्रशिक्षण सञ्चालन गर्ने भएको छ। स्थानीय तहमा प्रशिक्षणका लागि खटिने नेताहरूको सूचीसमेत तयार गरेको छ।  

एमाले विभाजन भएपछि इलाममा जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर राना, राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, प्रतिनिधिसभा सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, प्रदेश सांसद काजीमान कागते एमालेमै छन्। पूर्वप्रधानमन्त्री खनाल तथा प्रदेश सांसद खिनु लङ्वा लिम्बू नेकपा (एस)निकट देखिएका छन्।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, माई नगरपालिका प्रमुख दीपक थेबे, देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल तथा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। स्थानीय निर्वाचनमा एमालेले नै विजय हासिल गरेका सूर्याेदय, इलाम, माई र देउमाई नगरका उपप्रमुख तथा चुलाचुली, माईजोगमाई, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष पनि ओलीनिकट नै देखिएका छन्। पार्टीका जिल्ला उपाध्यक्ष भक्त केसी, माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र नेता टेकबहादुर राई सचिवालय बैठकमा सहभागी भएनन्।  

तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गत पुस ५ मा प्रतिनिधिसभा भंग गरेपछि जिल्ला उपाध्यक्ष केसी, प्रदेश कमिटी सदस्यद्वय मणिकुमार लिम्बू र ध्रुव श्रेष्ठलगायतले त्यसको विरोध जनाए। केसीको संयोजकत्वमा एमालेको समानान्तर जिल्ला कमिटीसमेत बन्यो। तर, समानान्तर कमिटीमा रहेका र खनालनिकट मानिएका नेतामध्ये मणिकुमार लिम्बू, ध्रुव श्रेष्ठ, उदय राई, रणबहादुर राईलगायत चाहिँ एमालेको जिल्ला सचिवालय बैठकमा सहभागी भएका हुन्।  

पार्टी विभाजन भएपछि जनप्रतिनिधिले मंगलबार (भदौ २२) सम्ममा दल रोज्न पाउने प्रावधान छ। तर, जिल्ला निर्वाचन कार्यालयमा आइतबार साँझसम्म जिल्लाका कुनै जनप्रतिनिधि नयाँ दल नेकपा (एस)का लागि सनाखत गर्न आएका छैनन्।
अर्को समाचार
गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल
०१ असोज २०७९
•
१ मिनेट पाठ
गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताएका छन्।




नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने नेता खनालको तर्क थियो। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे। अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै  उनले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताए। 

आगामी निर्वाचनमा पनि एकल बहुमत ल्याउन व्यवहारिक कठिनाई भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उनले स्मरण गराए। खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिब दुई तिहाईको जनमत आएको बताए।

नेता खनालले देशको अग्रगति र प्रगतिलाई केन्द्र भागमा राखेर गठबन्धन गरेर जान सबै राजनीतिक दलहरु स्वतन्त्र रहेको पनि पटकपटक दोहोर्‍याए। उनले केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झौता गरेर महत्वपूर्ण काम गरेको चर्चा समेत गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस