सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?
२१ भदौ २०७८
•
५ मिनेट पाठ
सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?
‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी (शेरबहादुर देउवा) लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो। 




२०७२ फागुनमा भएको पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको प्रस्तावक बसेका गुरुङले महाधिवेशन भएको साढे दुई वर्ष बित्दानबित्दै पार्टी केन्द्रीय समितिको बैठकमा नै आफ्नो असन्तुष्टि दर्ज गरे। आफ्नो विश्वास र पार्टी सिद्धान्तविपरीत देउवाले गुटलाई प्रोत्साहित गरेको, विधानबमोजिम गर्नुपर्ने मनोनयन नगरी पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै उनले पार्टीका सबै तहका समिति विघटनको प्रस्ताव बैठकमा राखे। पार्टीका पुराना नेता गुरुङको असन्तुष्टिलाई १३औं महाधिवेशनमा उनीसँगै देउवासँग जोडिएका गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, लाेकेश ढकाललगायतका नेताको धारणाका रुपमा हेरिएको थियो।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा गुरुङले राखेको प्रस्ताव सुनुवाइ हुने कुरै थिएन। सभापति देउवाले आफ्नो कार्यशैलीमा पनि परिवर्तन गरेनन्। परिणाम, पार्टीको १३औं महाधिवेशनमार्फत देउवालाई पार्टीको मूल नेतृत्वमा पुर्‍याउन सहयोगी नेताहरू नै अहिले उनको विपक्षमा उभिएका छन्। पार्टीको १४औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन्।

गुरुङले देउवाविरुद्ध लिखित प्रस्ताव राखेको तीन वर्षपछि देउवाको निकट सहयोगी पार्टी उपसभापति विमलेन्द्र निधिले पनि उनको साथ छाडेका छन्। पार्टीको आगामी महाधिवेशनमा देउवासँगै मूल नेतृत्वमा प्रतिस्पर्धामा निधि उत्रिएका छन्। बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेका निधि नेतृत्वको तयारीमा जुटेका छन्।

आफू कसैका विरुद्ध नभएको बताउँदै उनले पार्टीलाई सबल, सक्षम, संविधानको रक्षा गर्दै आगामी निर्वाचन जित्न सक्ने पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको बताउँदै आएका छन्। एक वर्षअघि नै १४औं महाधिवेशनमा पार्टीको मूल नेतृत्वमा प्रतिस्पर्धा गर्ने भन्दै देउवासँग निधिले भेटेर सहयोग मागेका थिए।

निधिको प्रस्तावलाई बार्गेनिङका रुपमा देउवा निकटहरूले अथ्र्याए। तर निधिले कुनै पनि अवस्थामा नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएपछि देउवामाथि दबाब खडा भएको छ। निधि अन्तिम समयसम्म पनि नेतृत्वको प्रतिस्पर्धामा कायमै रहे महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न देउवालाई निकै चुनौती हुने संस्थापन पक्षका नेताहरूको विश्लेषण छ।

त्यतिमात्र होइन, देउवाका अर्का विश्वासपात्र हुन् गोपालमान श्रेष्ठ। उनले समेत आगामी महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका छन्। देउवालाई सरकार सञ्चालन गर्न र आफूलाई पार्टी चलाउने जिम्मेवारी दिन आग्रह गरेका श्रेष्ठ राजाको शासनकालमा देउवा जेलमा रहँदा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिका रूपमा काम गरेका थिए।

पार्टी नेतृत्व सम्हालेको साढे पाँच वर्षमा देउवालाई धेरै सहयोगीले साथ छाडेका छन्। १३औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी अहिले उनका विरुद्ध सबैभन्दा धेरै आक्रामक देखिएका छन्। देउवा इतरका समूहबाट सभापतिमा साझा उम्मेदवार बनाएर सक्रिय केसीले उनको कार्यशैलीको आलोचना गर्दै आएका छन्। देउवालाई फेरि पार्टी नेतृत्वमा दोहोरिन दिन नहुने पक्षमा उनको सक्रियता जारी छ।

देउवा समूहबाटै १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका चन्द्र भण्डारीसहितका केही नेताले पनि उनको साथ छाडेका छन्। अन्य केही नेताले पनि देउवाको साथ छाड्ने क्रममा रहेको निकट स्रोतको दाबी छ। १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको प्रत्याशी बनेका कृष्णप्रसाद सिटौला समूहको साथ आफूलाई रहने देउवाको बुझाइ छ। सिटौला समूहको साथ पाएमा निधिको उम्मेदवारीले पार्नसक्ने क्षतिपूर्ति त्यहाँबाट गर्ने रणनीति देउवाको देखिएको छ। तर १३औं महाधिवेशनपछि उदाएको सिटौला समूहबाट केन्द्रीय सदस्य गगनकुमार थापा अलग्गिएका छन्।  

सिटौला समूहबाट महामन्त्रीको प्रत्याशी बनेका थापा आगामी महाधिवेशनमा पनि सोही पदमा प्रत्याशी बन्ने घोषणा गर्दै रामचन्द्र पौडेलसहितको संस्थापन इतर समूहमा देखिन थालेका छन्। अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आफूलाई महामन्त्रीका रूपमा प्रस्तुत गरे पनि अहिलेसम्म उनले भने सिटौला समूह छाडिसकेका छैनन्। नेता सिटौलाको भूमिका आगामी महाधिवेशनमा कस्तो हुन्छ अझै खुलिसकेको छैन। यद्यपि सिटौला निकट मानिएका भीमसेनदास प्रधान, शिव हुमागाईंसहितका नेताहरू भने देउवातिर नरम देखिएका छन्।

त्यस्तै विजयकुमार गच्छदारसहित विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरूको साथ आफूहरूलाई रहने बुझाइमा रहेका देउवा निकटहरू आगामी महाधिवेशनबाट नेतृत्वमा दोहोरिने कुरा कठिन नहुने विश्लेषण छ। आनन्दप्रसाद ढुंगाना, चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराईसहितका नेताले पौडेलको साथ छाडिसकेको बताउँदै देउवा निकट एक सदस्यले भने, ‘संस्थापन इतर समूहबाट एउटा मात्र सभापतिको उम्मेदवार सम्भव छैन। त्यसले गर्दा पनि हामीलाई सहयोग पुग्छ।’

संस्थापन इतर समूहबाट नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला मुख्य आकांक्षी छन् भने रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले पनि आफूलाई सभापतिका रूपमा प्रस्तुत गर्दै आएका छन्। यद्यपि १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सुरु हुने एक दिनअघि बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफ्नो समूहबाट एउटा मात्र साझा उम्मेदवार दिने जनाएका छन्।
अर्को समाचार
चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण
२२ कार्तिक २०७८
•
१ मिनेट पाठ
चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।




नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए। प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो।

गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए। “यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ”, उनले भने। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उनले बताए।

सदनको गतिरोध हटाउन उनले एमालेसँग आग्रह गरे। गृहमन्त्री खाँणले सरकार आमजनताको जीवन रक्षाका लागि गम्भीर रहेको स्पष्ट पार्दै नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए। सुरक्षा व्यवस्थामा थप सुधार गर्न तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको उनले उल्लेख गरे।

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु आवश्यक भएको र सरकारको चाहना समेत त्यही भएको मन्त्री खाँणको भनाइ थियो।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस