कांग्रेस महाधिवेशन : दोस्रो बन्ने रणनीति
२२ भदौ २०७८
•
४ मिनेट पाठ
कांग्रेस महाधिवेशन : दोस्रो बन्ने रणनीति
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन्। कांग्रेस विधानअनुसार सभापतिमा विजयी हुन खसेका मतको ५० प्रतिशत कटाउनै पर्छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच दोस्रो चरणको मतदान हुन्छ। विधानको यही व्यवस्थाबाट लाभ लिन संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका हुन् ।




नेतृत्वमा दोहोरिने तयारीमा रहेका देउवा भने पहिलो चरणमै ५० प्रतिशत मत कटाएर स्थान सुरक्षित गर्ने रणनीतिमा जुटेका छन्। पहिलो चरणमै सभापतिका लागि आवश्यक मत प्राप्त गर्न नसके दोस्रो चरणमा परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने उनी निकटका नेताहरूको बुझाइ छ। वडा तहबाट छनोट हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले सभापति देउवासहित संस्थापन पक्षले यति बेला वडा अधिवेशनमै ध्यान केन्द्रित गरेको छ ।

उता संस्थापन इतर पक्षमा सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेता देउवाको विकल्प खोज्नुपर्नेमा एक मत छन्। तर उनीहरू एकले अर्कालाई छाड्न तयार देखिएका छैनन्। उनीहरू सबैले देउवालाई हराउन आफूले मात्र सक्ने बताउँदै एकले अर्कालाई छाडिदिन आग्रह गरिरहेका छन्। 

वडा अधिवेशन पहिला नै संस्थापन इतर समूहबाट साझा उम्मेदवार खडा गर्ने प्रयास असफल भएपछि त्यसको असर तल्लो तहसम्म पर्न नदिन उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर आकांक्षीहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने र टिम मिलाएर अघि बढ्ने भन्ने ठोस प्रस्ताव कसैले पनि ल्याएका छैनन्। ‘मिल्न त मिल्ने तर कसरी भन्ने ठोस प्रस्ताव कसैबाट नआउँदा अन्तिममा सबैले आआफ्नो पसल (उम्मेदवारी) थाप्ने देखिन्छ’, एक नेताले भने ।

संस्थापन पक्षबाट पनि देउवाका साथै विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वमा प्रतिस्पर्धा गर्ने जनाएका छन्। उपसभापति निधिले सम्पर्क कार्यालय नै स्थापना गरेर प्रचार थालेका छन्। यसबाट उत्साहित संस्थापन इतर समूहका नेतृत्व आकांक्षीहरू पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलाग्ने बुझाइमा छन्। देउवालाई पहिलो चरणमै निर्वाचित हुनबाट रोक्न सक्ने अवस्थामा इतर पक्षबाट जतिजना उम्मेदवार हुँदा पनि केही फरक नपर्ने उनीहरूको बुझाइ छ। ‘निधिले साथ छाडेको अवस्थामा देउवा पहिलो चरणमै सभापति हुन्छन् भन्ने ग्यारेन्टी छैन,’ ती नेताले भने, ‘बलियोतिर आकर्षित हुने भोट देउवातिर जान सक्थ्यो। निधि र श्रेष्ठले उम्मेदवारी दिए त्यो सम्भावना हुँदैन ।’

झन्डै ४७ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा निधिका पक्षमा ५/६ सय भोट जान सक्ने र यसले देउवालाई पहिलो चरणमै सभापति छानिन रोक्ने विश्लेषण संस्थापन इतर पक्षको छ। पहिलो चरणमै सभापतिमा निर्वाचित हुन २३ सयभन्दा बढी मत आवश्यक पर्छ। पहिलो चरणमा देउवाका पक्षमा १२ सयदेखि १५ सय मत आउन सक्ने आकलन गर्दै एक नेताले भने, ‘कांग्रेसभित्र विद्यमान गुटहरूमध्ये देउवा समूह बलियो छ। 

तर आजका दिनमा सभापति बन्न पुग्ने भोट त्यो समूहसँग पनि छैन ।’ निधिको साथ नहुँदा देउवालाई सभापतिमा निर्वाचित हुन कठिन हुने तर अन्य पदमा भने उनकै समूहका उम्मेदवार निर्वाचित हुनसक्ने सम्भावना रहेको उनले औंल्याए। सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने भए पनि अन्य पदमा भने धेरै मत ल्याउने उम्मेदवार विजयी हुने कांग्रेस विधानको व्यवस्था छ ।

पहिलो चरणमै सभापति बन्न आवश्यक मत देउवालाई प्राप्त नहुने विश्लेषण गरेका संस्थापन इतर पक्षका नेताहरू सहमतिका लागि धेरै प्रयास गर्नुभन्दा पनि पहिलो चरणमा आकांक्षीजति सबै मैदानमा खडा हुने सम्भावना रहेको निकटकाहरू बताउँछन्। सहमति निर्माण नभए नेता पौडेल भने प्रतिस्पर्धामा उत्रिने सम्भावना कम रहेको बताइन्छ। अहिलेसम्म शशांक, शेखर र प्रकाशमान तीनै जनाले एकले अर्कालाई छाड्ने अवस्था नरहेको एक नेताले बताए ।

१३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट सिटौला पनि मैदानमा उत्रिने बताउँदै आएका छन्। शशांक, शेखर, प्रकाशमानले मात्र होइन, सिटौला र निधिले पनि आफू नै दोस्रो बन्ने जिकिर गर्दै आएका छन्। सबै मैदानमा उत्रिएको अवस्थामा ४ देखि ७ सय मतमा समेटिने अवस्था आउनसक्ने र दोस्रो चरणमा सबै उम्मेदवार देउवाविरुद्ध गोलबद्ध हुने नेताहरूको बुझाइ छ ।

देउवा निकटका नेताहरू भने १३औं महाधिवेशनमा भन्दा आगामी महाधिवेशनमा देउवालाई सभापति बन्न सहज रहेको जिकिर गर्छन्। देउवा १३औं महाधिवेशनका तुलनामा अहिले पार्टीभित्र मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि बलियो बनेको भन्दै उनी निकटका एक नेताले थपे, ‘पहिलो चरणमै उहाँ सभापतिमा निर्वाचित हुनुहुन्छ ।’ निधिले काट्ने भोट विजयकुमार गच्छदार समूहबाट पूर्ति हुने र पछि पार्टीमा प्रवेश गरेका सुनिल थापासहितको समर्थन पनि आफूहरूलाई भएकाले देउवा पहिलो चरणमै सभापति छानिने उनले दाबी गरे। उनले भने, ‘सिटौलासहितका नेताको समर्थन लिने प्रयास पनि गर्छौं ।’
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
•
१ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।




बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस