चन्दा शैलीमा बजेट बाँड्दै सभासद
०५ असार २०७१
•
७ मिनेट पाठ
चन्दा शैलीमा बजेट बाँड्दै सभासद
पोखरा-आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, पुलपुलेसा बनाउन र खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा विकास गर्न थोरै भए पनि मद्दत गरुन् भनेर प्रत्येक सभासदलाई सरकारले दिने बजेट कास्कीमा भने उद्देश्यअनुरुपका क्षेत्रमा खर्च नहुने देखिएको छ।




२०७० को संविधानसभाबाट निर्वाचित कास्कीका ११ सभासदमध्ये अधिकांशले आमा समूहजस्ता संघ संस्थालाई 'चन्दाको शैलीमा बजेट बाँडेका छन्। यो आर्थिक वर्षका लागि हरेक सभासदले पाउने १० लाख रुपैयाँ बजेट खर्च गर्ने योजनासहितका प्रस्ताव जिल्ला विकास समितिमा पेस भएका छन्।

कुनै पनि संघसंस्था तथा व्यक्तिलाई सिधैं आर्थिक सहायता दिन नमिल्ने भएकाले सभासदले घुमाउरो गरी संघसंस्थाका नाममा बजेट प्रस्ताव गरिएका हुन्। आमा समूहदेखि नाफामूलक सहकारी संस्थासम्मलाई सभासदले बजेट बाँड्न प्रस्ताव गरेका छन्। नेपाली कांग्रेस आवद्ध समानुपातिक सभासद बिन्दा रानामगरले पेस गरेका ५ योजनामध्ये ४ वटा विभिन्न संघसंस्थाका नाममा छन्।

खानेपानी, बाटोघाटो र स्कुललाई मात्रै केन्द्रित गरेर एमाले सभासद रवीन्द्र अधिकारी र एमाओवादी सभासद तेजकुमारी पौडेलले मात्रै बजेट प्रस्ताव गरेका छन्। उनीहरुको प्रस्तावमात्रै निर्वाचन क्षेत्र विकास कार्यक्रम नियमावली २०५८ को मर्मअनुसार छ। सभासदले प्रस्ताव गरेका योजनामध्ये आधाभन्दा बढी पारित भइसकेको जिल्ला विकास समिति कास्कीको योजना शाखाका कर्मचारी कृष्ण खनालले जानकारी दिए। असार १५ गतेभित्र सबै योजना पेस गरिसक्नुपर्ने प्रावधान ख्याल गर्दै सभासदले धमाधम योजना पेस गरेका हुन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम नियमावली २०५८ ले संघसंस्था र व्यक्तिलाई आर्थिक सहायत नदिन भनेको छ।

राजनीतिक दलका भातृसंस्थालाई पनि बजेट दिन नमिल्ने प्रावधान नियमवालीले राखेको छ। आमा समूहजस्ता संघसंस्थालाई बजेट छुट्याएर सभासदले सामुदायिक भवन निर्माण शीर्षकमा योजना प्रस्ताव गरेका छन्। नेपाली कांग्रेस कास्कीका सभापतिसमेत रहेका सभासद यज्ञबहादुर थापाले १० लाख रुपैयाँमध्ये आफ्नै टोलको विजयपुर महिला समूहलाई ४ लाख दिएका छन्। उनले छुट्याएको यो बजेट सामुदायिक भवन निर्माणका लागि भनिएको छ। नियमावलीको प्रावधानविपरीत आफ्नै पार्टीको लेखनाथ नगर समितिलाई १ लाख रुपैयाँ र भातृसंस्था प्रेस युनियनलाई ५० हजार छुट्याएका थिए। त्यो प्रस्ताव निर्वाचन क्षेत्र विकास कार्यक्रम नियमावली २०५८ विपरीत भएपछि उनले फेरि आमा समूह, सडक र सिँचाइको योजना पेस गरेका छन्। कांग्रेसकै सभासद जीवन परियारले पनि पार्टी नगर समितिका लागि बजेट प्रस्ताव गरेका थिए।

उनले पनि त्यसलाई सच्याउनुपर्नेछ। कांग्रेस सभासद शारदा पौडेलले पेस गरेका ७ योजनामध्ये दुइवटा आमा समूहका लागि पनि बजेट दिएकी छन्। एमाले सभासद सीता गिरी वलीले शिवपुरी आमा समूहका लागि १ लाख २० हजार रुपैयाँ बजेटको योजना पेस गरेकी छन्। ७ मध्ये बहुमत योजना आमा समूहका नाममा छुट्याएकी कांग्रेस सभासद बिन्दा रानामगरले महिला जागरण केन्द्र तथा मगर समाजका निम्तिमात्रै ३ लाख ५० हजार रुपैयाँ छुट्याएकी छन्। एमाले सभासद चूडामणि जंगलीले ४ वटा संस्थाका नाममा बजेट प्रस्ताव गरेका छन् भने त्यही पार्टीका तुलबहादुर गुरुङका योजनामध्ये संस्थाहरुको नाममा दुइवटा परेका छन्। अखण्ड नेपाल पार्टीका एकमात्र सभासद कुमार खड्काले पनि ४ वटा संघसंस्थाका लागि बजेट छुट्याएका छन्।

संघीय समाजवादीका सभासद डिबी नेपालीका ७ योजनामध्ये ४ वटा संघसंस्थाका नाममा छन्। नेपाली कांग्रेस कास्कीका सचिव युवराज कुँवर आफ्नो पार्टीका सभासदले विकास निर्माणसँग प्रत्यक्ष जोडिएका योजनामा बजेट दिएको बताउँछन्। एमाले नेता तथा सभासद रवीन्द्र अधिकारीका प्रतिनिधि धनबहादुर नेपालीको भनाइ पनि कुँवरकै जस्तो छ। संघसंस्थालाई बाहेक सभासदले बजेट ग्रामीण सडक र विद्यालयका लागि दिएका छन्।

सभासदले पाउने १० लाखमध्ये ५० हजार रुपैयाँ उनीहरुले प्रशासनिक कामका लागि खर्च गर्न पाउँछन्। योजनाको प्राविधिक नापजाँचका लागि भनेर जिविसले केही रकम लिन्छ। कास्कीमा प्रत्यक्ष निर्वाचित ४ र ७ जना समानुपातिक सभासद छन्। तीमध्ये कांग्रेस र एमालेबाट ४/४, एमाओवादी, संघीय समाजवादी र अखण्ड नेपालबाट एक/एकजना सभासद छन्। सरकारले सभासदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि दिने बजेटमध्ये ५० हजार रुपैयाँभन्दा कमको योजना बनाउन नपाइने प्रावधान नियमावलीमा छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस