काठमाडौं— इराकको सुरक्षा स्थिति अझ भयावह बनेमा त्यहाँ रहेका नेपालीको उद्धार गर्न सरकारले तयारी थालेको छ। 'सुरक्षा स्थिति बिग्रँदै गएको भन्ने रिपोर्ट आएको छ', परराष्ट मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता दीपक धितालले भने - 'अझ स्थिति भयवाह बने उद्धारमा जान हामी तयार छौं।'मन्त्रालयले इराकमा रहेका नेपाली अवस्था बारे रिपोर्ट लिन टोल फ्री नम्बर र इमेल सार्वजनिक गरेको छ। इराकमा रहेका नेपालीको जानकारी इमेल ठेगाना rescue@mofa.gov.np मा पठाउन मन्त्रालयले आग्रह गरेको छ।
नेपाली सहित ६० विदेशी कामदार अपरहणमा परेको खबर आएकै दिन परराष्ट मन्त्रालयले पत्रकार सम्मेलन गरी उद्धारका लागि तयार रहेको बताएको हो। परराष्ट्र मन्त्रालयले नेपाली अपहरणमा परेको अझसम्म पुष्टि नभएको समेत जनाएको छ।
नेपाल, पाकिस्तान, बंगलादेश र तुर्किमिनिस्तानका गरी ६० जना वैदेशिक कामदार अपहरणमा परेको समाचार अन्तरार्ष्ट्रिय समाचार एजेन्सीमा आएपछि इराक पुगेका नेपालीका आफन्त चिन्तित छन्।