काठमाडौं- नेकपा (एमाले) नवौं महाधिवेशनका लागि १८ जिल्ला बाहेक देशैभर आज प्रतिनिधि छनोट हुँदैछ। महाधिवेशनमा १ हजार ९ सय प्रतिनिधि सहभागी हुनेमा आज झन्डै ७० प्रतिशतको टुंगो लाग्ने एमालेले जनाएको छ।
महाधिवेशन नजिकिँदै जाँदा एमालेमा भावी नेतृत्वका आकांक्षी माधवकुमार नेपाल र केपी शर्मा ओली आफ्नो पक्षका प्रतिनिधि छनोटमा लागिपरेका छन्। कतिपय जिल्लामा दुई पक्षले छुट्टा छुट्टै प्यानल बनाएरै प्रतिनिधि हुन चुनाव नै भिड्दैछन्।
आज काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, रामेछाप, दोलखा, सिन्धुली, चितवन, बाँके, बर्दीया, कैलाली, अछाम, डोटी, बझाङ, बाजुरासहित १८ बाहेक सबै जिल्लामा प्रतिनिधि छनोट गर्ने कार्यक्रम छ। विभिन्न जिल्लाका २ सयभन्दा बढी प्रतिनिधि सर्वसम्मत छनोट भइसकेका छन्। सर्वसम्मत छनोट भएकामध्ये ७० प्रतिशत आफ्नो पक्षका भएको दुबै पक्षको दाबी छ। ‘छनोट भएकामध्ये ७० प्रतिशत हाम्रो पक्षमा छन्,’ माधव पक्षीय नेता योगेश भट्टराईले नागरिकन्युजसँग भने। त्यस्तै, केपी ओली पक्षका नेता पृथ्वी सुब्बा गरुङले भने, ‘निर्बिरोध छनोट हुनेमा ७० प्रतिशत हाम्रो पक्षका हुन्।’
यही असार १९ देखि २४ सम्म चल्ने महाधिवेशनका लागी २ सय ५० पदेन सहित १९ सय प्रतिनिधि रहनेछन्।
यो पनि पढ्नुस्:
चुनावी संघारमा नेपाल-ओली घोचपेच