काठमाडौं-पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकताको सहमति भएको छ। आज एनेकपा माओवादीको कार्यालय पेरिस डाँडामा बसेको बैठकले कार्यगत एकताको कार्य विधि तयार पार्नको लागि कार्यदल गठन गरेको छ।कार्यदलमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, नेकपा-माओवादीका सचिव देव गुरुङ, नेकपा एकीकृतका रामसिंह श्रीस, क्रान्तिकारी कम्युनिष्ट केन्द्रका टिका विक्रम हमाल र मातृका यादव नेतृत्वको नेकपा माओवादीका देवशरण यादव रहेका छन्।
कार्यदलले असार १२ गते भित्र कार्यविधि तयार पारिसक्ने क्रान्तिकारी कम्युनिष्ट केन्द्रका महासचिव मणि थापाले जानकारी दिए। '१२ गते भित्र नीति कार्यक्रम तयार गर्ने र सोहि दिन पारित गरेर औपचारिकता दिने सहमति भएको छ' थापाले भने 'वाम शक्तिहरुबीच एकताको तहमा वहस अव औपचारिकरुपमा सुरु हुन्छ।' यस अगाडि पनि कार्यगत एकताको लागि बाम दलहरुबीच छलफल भएको थियो।
'नेपालको कम्युनिष्ट आन्दोलन विचलन,विघटनको दिशातर्फ जाने खतरा छ' थापाले भने 'यसलाई बचाउन एकता, ध्रुविकरण आजको अपरिहार्यता हो।'
बैठकमा संविधान निर्माणको तत्कालिन प्रश्न, शान्ति प्रक्रियाको बाँकी कार्यभार बारे छलफल भएको थापाले जानकारी दिए।
संविधानसभा बाहिर रहेका दलहरुलाई गोलमेच सभा मार्फत संविधान निर्माणको छलफलमा ल्याउने बारे छलफल भएको थापाले बताए। उनका अनुसार एकताले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता खोजविन आयोग लगायतका विषयमा दवाब दिने छ।