एमाले महाधिवेशन प्रतिनिधि चयन, दुई तिहाइ ‘आफ्नै आएको' दुवै पक्षको दाबी
०७ असार २०७१
•
७ मिनेट पाठ
एमाले महाधिवेशन प्रतिनिधि चयन, दुई तिहाइ ‘आफ्नै आएको' दुवै पक्षको दाबी
काठमाडौं-उपनिर्वाचन भएका र विवादले स्थगित १८ जिल्लाबाहेक एमालेले नवौं महाधिवेशनका लागि शनिबार देशभरबाट प्रतिनिधि चयन गरेको छ। प्रतिनिधि चयनका आधारमा अध्यक्षका प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले आसन्न महाधिवेशनमा बहुमतभन्दा बढी मत ल्याउन दाबी गरेका छन्।शनिबार राति अबेरसम्म दुवै समूहको सचिवालयमा उपलब्ध तथ्यांकअनुसार ४ सय ९२ जना प्रतिनिधि चयन भएका छन्। उपनिर्वाचनका कारण काठमाडौं, चितवन, बर्दिया र कैलालीसहित १८ जिल्लामा प्रतिनिधि छनोट हुन बाँकी छ। यी जिल्लामा असार १० गते प्रतिनिधि छनोट हुनेछ। 
पार्टी सदस्यतामा देखिएको विवादका कारण धनुषा, सप्तरी र जुम्लामा प्रतिनिधि छनोट स्थगित भएको छ। यी जिल्लामा पनि असार १० गते नै प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय गरिएको छ। 

प्रारम्भिक तथ्यांकका आधारमा नेपाल र ओली दुवै पक्षले आफूहरूले जित्ने दाबी गरेका हेन्। दुवैले आ–आफ्नो पक्षमा दुईतिहाइभन्दा बढी प्रतिनिधि रहेको जनाएका छन्।

‘सबै प्रतिकूलताका बाबजुद आजसम्म भएको प्रतिनिधि छनोटले हामीलाई उत्साहित बनाएको छ,' नेपालको सचिवालय तर्फबाट केन्द्रीय सदस्य योगेश भट्टराईले नागरिकसँग भने, ‘पछिल्लो परिणामअनुसार हाम्रो पक्षका ७० प्रतिशतभन्दा बढी प्रतिनिधि निर्वाचित हुनुभएको छ।'
उनका अनुसार धादिङ, तेह्रथुम, खोटाङ, रौतहट, धनकुटा, रसुवा, बैतडी, पर्वत, बाग्लुङ, सर्लाही लगायत जिल्लामा नेपाल पक्षको पकड छ। शनिबार रातिसम्म चुनिएका ४ सय ९२ मध्ये ३ सय ५० जना नेपाल पक्षको रहेको उनले दाबी गरे। त्यसमध्ये ६ जनाको भने पक्षधरता नखुलेको नेपाल पक्षले बताएको छ।

ओली पक्षको दाबी पनि उस्तै छ। ओली पक्षको चुनावी अभियान समन्वय गरिरहेका युवा नेता राजन भट्टराईले आफ्नो समूहको पक्षमा ७० प्रतिशत हाराहारी प्रतिनिधि छनोट भएको बताए। ४ सय ९२ मध्ये ३ सय ९० जना ओली पक्षको रहेको उनको दाबी छ। ओली पक्षमा पार्टी पदाधिकारी धेरै रहेकाले पनि प्रतिनिधि छनोटमा त्यसको प्रतिविम्ब झल्किएको उनले जनाए।
धादिङ, म्याग्दी, लमजुङ, तेह्रथुम, खोटाङ, मकवानपुर, धनकुटा, रसुवा, बैतडी, कपिलवस्तु, रुपन्देही र सर्लाही लगायत जिल्लामा ओली पक्षको पकड बलियो भएको दाबी गरे। ओली पक्षका अनुसार १४ जनाको पक्षधरता खुलेको छैन।
असार १९–२४ मा काठमाडौंमा हुने महाधिवेशनका लागि शनिबार म्याग्दी, धादिङ, लमजुङ, कालिकोट, ताप्लेजुङ, तेह्रथुम, खोटाङ, नुवाकोट, ओखलढुंगा, धनकुटा, रसुवा, बैतडी, पर्सा, रौतहट, पर्वत, स्याङ्जा जिल्लाबाट प्रतिनिधि चयन भएका छन्। प्रतिनिधि चुनिएका अन्य जिल्लामा नवलपरासी, बाग्लुङ, गुल्मी, रुपन्देही, कञ्चनपुर, बझाङ, डोल्पा, बारा, कपिलवस्तु, मोरङ, सर्लाही, भोजपुर, काभ्रे, प्युठान छन्।

त्यस्तै, सम्पर्क विशेष समन्वय कमिटीअन्तर्गतका जनकपुर, कोशी, लुम्बिनी, सगरमाथा, मेची, राप्ती, बागमती अञ्चल समन्वय कमिटीका प्रतिनिधि पनि चयन भएका छन्। युवा संघ, भूतपूर्व सैनिक संघजस्ता जनवर्गीय संगठनबाट पनि महाधिवेशन प्रतिनिधि चुनिएका छन्।
केही जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत रूपमा भएका छन्। धादिङ, लमजुङ, ताप्लेजुङ, धनकुटा, बैतडीसहितका जिल्लामा सर्वसम्मत हिसाबले प्रतिनिधि छनोट भएका छन्। सर्वसम्मत भएका यी जिल्लामा नेपाल र ओली दुवैले आफ्नो पक्षमा प्रतिनिधि बढी भएको दाबी गरेका छन्। 

आइतबार हुने उपनिर्वाचन कारण प्रभावित र संगठित सदस्यतासम्बन्धी विवाद नमिलेका जिल्लाबाहेक भुगोल र अन्य संगठनका कमिटीबाट शनिबार प्रतिनिधि छनोट भएको हो। उपनिर्वाचन र अन्य कारणले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ र बजुरामा मंगलबार छनोट हुनेछ। 

त्यसैगरी केन्द्रीय विभाग र जनसंगठनबाट छनोटका लागि मंगलबारको समय तोकिएको छ। सदस्यता विवादका कारण सप्तरी, धनुषा, जुम्लामा प्रतिनिधि छनोटलाई मंगलबारका लागि सारिएको छ। नेपाल समूहले ती जिल्लामा नक्कली सदस्य समावेश गर्न अनुचित दबाब दिएको भन्दै विरोध भएपछि प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको हो। 

नेपालको सचिवालयले शनिबार राति विज्ञप्ति जारी गर्दै सुर्खेत २, नुवाकोट २, सेती–काठमाडौं सम्पर्क कमिटी कमिटीको प्रतिनिधि छनोट क्रममा आक्रमण भएको भन्दै भर्त्सना गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस