प्रतिनिधिमा ओली पक्षको अग्रता
०८ असार २०७१
•
९ मिनेट पाठ
प्रतिनिधिमा ओली पक्षको अग्रता
काठमाडौं- एमाले महाधिवेशन प्रतिनिधि छनोटमा माधवकुमार नेपाल र केपी शर्मा ओली दुवै समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरे पनि प्रारम्भिक परिणामले ओली पक्षको अग्रता देखाएको छ।

नागरिकका जिल्ला प्रतिनिधिले पठाएको विवरणका आधारमा ओली पक्ष नेपाल पक्षभन्दा अगाडि छ। तर, कतिपय जिल्लाको नतिजा आउन बाँकी नै छ। यस्तै, २१ जिल्ला, जनवर्गीय संगठन र विभागमा मंगलबार मात्रै प्रतिनिधि छनोट हुँदैछ। 
आइतबार साँझसम्म प्राप्त जानकारी अनुसार छानिएका १ हजार ८ प्रतिनिधिमध्ये ओली पक्षका ५ सय २४ र नेपाल पक्षका ४ सय ५७ जना छन्। २७ जना भने कुनै पक्षमा पनि खुलेका छैनन्। 
असार १९ देखि २४ सम्म हुने नवौं महाधिवेशनमा १ हजार ९ सय प्रतिनिधि सहभागी हुन्छन्। केन्द्रीय कमिटीसहितका निकायबाट स्वतः प्रतिनिधि हुनेको संख्या २ सय ५६ छ। 
झापामा एउटा क्षेत्रको प्रतिनिधि छनोट बाँकी रहेको अवस्थामा ओली पक्षका ४५ जना छानिएका छन् भने नेपालका पक्षका १० जना छन्। झापा ओलीको गृहजिल्ला हो। 
मेचीका बाँकी तीन जिल्लामध्ये ताप्लेजुङ २ बाहेक अन्य क्षेत्रमा परिणाम आउन बाँकी छ। ताप्लेजुङ २ बाट चुनिएका सातैजना नेपाल पक्षका हुन्। 

कोसीमा माधवकुमार नेपालको बर्चस्व देखिएको छ। मोरङमा चुनिएका ५४ मध्ये ३३, सुनसरीमा ४२ मध्ये २८, धनकुटामा १४ मध्ये १३, संखुवासभामा १२ मध्ये ८, तेह्रथुमका ११ मध्ये ८ नेपाल पक्षका छन्। 
मोरङमा २१, सुनसरीमा १०, संखुवासभाका ४, तेह्रथुममा ३ र धनकुटामा १ प्रतिनिधि ओली पक्षका छन्। 
कोसीमा भोजपुरमा मात्रै ओली अघि देखिएका छन्। भोजपुरका १५ मध्ये ओली समूहका ११ र नेपालका ३ र १ तटस्थ प्रतिनिधि छन्। 
सगरमाथाका सबै जिल्लामा प्रतिनिधि छनोटको विवरण आइसकेको छैन। घोषित परिणाममा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
सप्तरीमा सदस्यता विवादका कारण मंगलबार मात्रै प्रतिनिधि छनोट हुनेछ। खोटाङ २ र उदयपुर २ तथा ३ को परिणाम आउन बाँकी छ। सिरहामा नेपालका १२, ओलीका ११ प्रतिनिधि छनोट भएका छन्। उक्त जिल्लामा ४ जना तटस्थ छन्। 
उदयपुर १ का तीनै प्रतिनिधि ओली पक्षका छन्। खोटाङमा भने नेपालका १० र ओलीका ७ प्रतिनिधि छानिएका छन्। सोलुमा नेपालका ४ र ओलीका ३ प्रतिनिधि छन्। 
एमालेको संगठन संरचनामा जनकपुर अञ्चलअन्तर्गत पर्ने चार जिल्लामध्ये दुई जिल्लामा मात्रै प्रतिनिधि छनोट भएको छ। दुवै जिल्लामा नेपाल पक्ष अघि देखिएको छ। महोत्तरीका सबै १७ प्रतिनिधि नेपाल पक्षका छन्। त्यसैगरी सर्लाहीमा नेपालका ९ र ओलीका ८ प्रतिनिधि छनोट भएका छन् भने ६ जना तटस्थ छन्। जनकपुर अञ्चलभित्र पर्ने धनुषा र सिन्धुलीमा मंगलबार प्रतिनिधि छनोट हुँदैछ।
चितवनबाहेक नारायणी अञ्चलको परिणाममा नेपाल पक्ष केही अघि देखिएको छ। 
रौतहटमा छनोट भएका २५ प्रतिनिधि नेपाल पक्षका छन्। रौटहट नेपालको गृहजिल्ला हो। बारामा नेपालका ९ र ओलीका ९ र ३ तटस्थ छन्। पर्सामा नेपालको १३, ओलीको ८ र तटस्थ ३ छन्। मकवानपुरमा ओली पक्षको १७ र नेपालका ११ प्रतिनिधि छानिएका छन्। उपनिर्वाचनको कारण चितवनमा मंगलबार प्रतिनिधि छनोट हुनेछ। 
बागमतीअन्तर्गत धादिङ, काभ्रे र रसुवामा ओली पक्ष अघि देखिएको छ। काभ्रेका २६ प्रतिनिधिमध्ये १८, धादिङका २६ मध्ये १४ र रसुवाका ७ मध्ये ४ जना ओली पक्षका छन्। धादिङका १२, रसुवाका २ र काभ्रेका ८ प्रतिनिधि नेपालनिकट छन्। रसुवाका १ प्रतिनिधि भने तटस्थ छन्। नुवाकोटमा भने नेपाल पक्ष अघि देखिएको छ। त्यहाँ नेपालका ९ र ओली पक्षका ६ प्रतिनिधि छनोट भएका छन्। 
ओली पक्षको सबैभन्दा राम्रो गण्डकी अञ्चलमा देखिएको छ। मनाङबाहेकको प्राप्त परिणाममा ओली पक्षका ९७ प्रतिनिधि छानिएका छन्। नेपाल पक्षका २७ जना मात्रै छन्। कास्कीमा ३१, स्याङ्जामा २९, गोर्खामा १०, लमजुङमा १२, तनहुँमा १५ प्रतिनिधि ओली पक्षका छन्। 
धौलागिरीमा ओली पक्षकै बहुमत छ। पर्वतमा ११, म्याग्दीमा ५, बाग्लुङमा ८, मुस्ताङमा ३ प्रतिनिधि ओलीका छन्। नेपालको पर्वतमा ७, म्याग्दीमा ३, बाग्लुङमा ५ र मुस्ताङमा १ प्रतिनिधि छानिएका छन्। धौलागिरीका ४ प्रतिनिधि तटस्थ छन्। 
लुम्बिनी अञ्चलमा अपेक्षा गरिएभन्दा पनि बढी नेपाल पक्षका प्रतिनिधि छनोट भए पनि ओली पक्ष अघि देखिएको छ। रुपन्देही, अर्घाखाँची, नवलपरासी र कपिलवस्तुमा ओलीको अग्रता छ र गुल्मीमा नेपाल अघि देखिएका छन्। पाल्पामा दुवै पक्षको बराबरी १३–१३ प्रतिनिधि छनोट भएका छन्। 
नवलपरासीमा नेपालको १८ र ओलीको २० प्रतिनिधि छानिएका छन्। रुपन्देहीबाट छानिएकामध्ये ओली पक्षका ३८ र नेपालका १९ प्रतिनिधि छन्। 
त्यसैगरी, अर्घाखाँचीमा ओलीका २२, नेपालका ४, कपिलवस्तुमा ओलीका २१ र नेपालका ४ प्रतिनिधि छन्। गुल्मीमा नेपालका १५ र ओलीका ५ प्रतिनिधि चुनिएका छन्। त्यहाँका ३ प्रतिनिधि तटस्थ छन्। 
नेताको प्रभाव गृहजिल्लामा देखिएको छ। ओलीनिकट वामदेम गौतमको गृहजिल्ला प्युठानमा ओली पक्षले 'क्लिन स्विप' गरेको छ। प्युठानका सबै १० प्रतिनिधि ओली पक्षका हुन्। 
सुर्खेत र जाजरकोटमा ओली पक्षले अग्रता कायम गरेको छ। सुर्खेतमा १५ र जाजरकोटामा १२ प्रतिनिधि ओलीका छन् भने नेपालको ७–७ जना छन्। दैलेख र हुम्लामा नेपालको अग्रता छ। दैलेखमा ३५ मध्ये २५ नेपाल र हुम्लाका ११ मध्ये ९ नेपालनिकट छन् भने ओलीका क्रमशः १० र २ प्रतिनिधि छन्। कालिकोटमा भने दुवै पक्षका ७–७ प्रतिनिधि छनोट भएका छन्। 
महाकालीमा नेपाल पक्ष अघि देखिएको छ। कञ्चनपुरमा २१ मध्ये नेपाल पक्षका २०, ओलीको १, डडेलधुरामा नेपालका ५ र ओलीका २, बैतडीमा नेपालका ८ र ओलीका १३ र दार्चुलामा ओलीका ९ र नेपालका २ प्रतिनिधि छनोट भएका छन्। 
काठमाडौं उपत्यका तीनवटै जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसँगै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, बाँके, बर्दिया, सेती अञ्चलका पाँचै जिल्ला कैलाली, डोटी, बझाङ र बाजुरामा प्रतिनिधि छनोट मंगलबार हुनेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस