चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएकी छन्।
आज ओलीसँगको भेटपछि फातिमाले भोलि (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।
‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन। भोलि भेट्नु हुन्छ। समय भने आज अबेरसम्ममा तय भइसक्छ।’