काठमाडौं- एकीकृत नेकपा माओवादी नेतृत्वमा 'पहिचानसहितको संघीयता पक्षधर' संघीय गणतान्त्रिक मोर्चा गठन हुने भएको छ। यसअघि 'संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा'को नामबाट मोर्चाबन्दी गर्दै आए पनि यसपटक भने लोकतान्त्रिक शब्द हटाइएको हो। संविधानसभा निर्वाचनपछि कमजोर भूमिकामा रहेका एमाओवादी, तराई–मधेस केन्द्रित दल र संघीय समाजवादी पार्टीलगायतले संविधान सभाभित्र प्रभावकारी भूमिकासहित उपस्थिति जनाउन मोर्चा ब्युताउन लागिएको हो।निर्वाचनलगत्तै सो मोर्चा बनाउने प्रयास गरिएको भए पनि छ महिनासम्म त्यो सक्रिय हुन सकेको थिएन। 'संविधान सभाभित्र प्रभावकारी भूमिका खेल्नका लागि पहिचानसहितको संघीयता पक्षधर राजनीतिक शक्तिहरु एकै ठाउँमा उभिँदैछन,' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रमुख सचिव चुणामणि खडकाले नागरिकन्युजसँग भने, 'त्यसैको प्रयासस्वरुप आज विभिन्न दलका नेताबीच बैठक बस्यो।'
उनका अनुसार चुनावलगत्तै मोर्चा गठनका लागि गठित कार्यदलले उद्देश्य, विधि, कार्यक्षेत्रजस्ता विषयबारे आफ्नो लिखित प्रस्ताव छलफलका लागि पेस गरेको छ।
असार १८ गते त्यसलाई अन्तिम रुप दिएर असार २० गते पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने मोर्चाको योजना छ। बैठक अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बसेको थियो।