काठमाडौं-मधेस राष्ट्रिय समाजबादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले कांग्रेस नेतृत्वको सरकारको भूमिका सन्तोषजनक नभएको बताएका छन्।
पार्टी दोस्रो वर्षमा पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले २६ जना सभासद मनोनयन र स्थानीय निकायको निर्वाचनलगायतका काम गर्न नसकेकाले सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाए। उनले चुरे संरक्षण सम्बन्धी कदम भने स्वागतयोग्य भएको बताए।