काठमाडौं- संविधानसभा चुनावपछि तेस्रो दलमा खुम्चिएको एकीकृत नेकपा माओवादी संविधानसभा र व्यवस्थापिका संसदमा प्रभावकारी उपस्थिति देखाउने रणनीतिका साथ अघि बढ्न थालेको छ।'कमजोर र निष्त्रि्कय' प्रतिपक्षको भूमिकामा सीमित एमाओवादीले संविधानसभा भित्र र बाहिर दुवैतर्फबाट दबाब दिएर उपस्थिति बलियो बनाउन मोर्चाबन्दीको प्रयास सुरु गरेको छ।
संविधानसभाबाहिर रहेका माओवाद/माओ विचारधारा स्वीकार गर्ने तथा र 'जनयुद्ध' मा संलग्न पाँच वामपन्थी पार्टीबीच कार्यगत एकता गर्न पहल गरिरहेको एमाओवादीले बिहीबार संविधानसभाभित्रका 'पहिचानसहितको संघीयता पक्षधर' राजनीतिक दलसँग छलफल गरेको छ।
अध्यक्ष पुष्पकमल दाहालले विराटनगर सम्मेलनमा पेस गरेको संविधानसभा भित्र र बाहिर मोर्चाबन्दी गरेर भूमिका बढाउन पहलकदमी लिने प्रस्ताव अनुमोदन भएको महिना दिनभित्रै एमाओवादीले त्यसका लागि छलफल गरेको हो।
अध्यक्ष दाहालको निवासमा भएको छलफल संविधानसभाभित्र रहेका तराई–मधेसकेन्द्रित प्रमुख राजनीतिक दल र संघीय समाजवादी पार्टीबीच मोर्चाबन्दी गरेर जाने विषयमा केन्द्रित थियो। 'पहिचानसहितको संघीयता पक्षधर राजनीतिक दलबीच संविधानसभा र व्यवस्थापिका संसदमा आगामी दिनमा खेल्ने राजनीतिक भूमिकाबारे छलफल भयो,' दाहालका मुख्यसचिव चुडामणि खड्काले नागरिकसँग भने, 'त्यसका लागि पहिला नै गठन गरिएको कार्यदलले मोर्चाबन्दीबारे लिखित प्रस्ताव पेस गरेको छ, त्यसमा छलफल जारी छ।'
उनका अनुसार 'संघीय गणतान्त्रिक मोर्चा' नयाँ नाममा एमाओवादी र तराई–मधेसकेन्द्रित राजनीतिक दलबीच मोर्चाबन्दी गरेर एमाओवादी अघि बढ्न लागेका हो।
छलफलमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादीका अध्यक्ष अशोक राई, तराई–मधेस सद्भावना पार्टी (तमसपा) का अध्यक्ष महेन्द्र यादवसहित सात पार्टीका शीर्ष नेता सहभागी थिए।
'संविधानसभाभित्रैबाट अग्रगामी र प्रगतिशील संघीय गणतान्त्रिक संविधान निर्माणका लागि योगदान गर्ने मुख्य उद्देश्यमा केन्द्रित भएर मोर्चा बनाउने कुराकानी भएको छ,' तमसपा अध्यक्ष यादवले नागरिकसँग भने, 'सहमतिका आधारमा नै नयाँ संविधान निर्माण गर्नुपर्छ भन्ने मान्यतामा मोर्चा अडिग रहनेमा सबै दल सहमत देखिएका छन्।'
उनका अनुसार 'पहिचानसहितको संघीयता पक्षधर' राजनीतिक दलबीच बृहत मोर्चाबन्दी गरेर अघि बढ्न सैद्धान्तिक सहमति जुटेको छ र यस विषयमा असार १८ गतेभित्र अन्तिम निर्णय लिइनेछ।
संविधानसभा निर्वाचनअघि बाबुराम भट्टराई नेतृत्वको सरकार भएका बेला एमाओवादी र तराई–मधेसकेन्द्रित राजनीतिक दलको 'संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा' निष्त्रि्कय जस्तै थियो। संविधानसभा निर्वाचनलगत्तै मोर्चाबन्दी गर्ने प्रयास भन्दै पटक–पटक बैठक बसेको थियो, तर त्यसले छ महिना नाघिसक्दा पनि पूर्णता पाउन सकेका थिएन। मोर्चा गठन गर्ने भन्दै कार्यदल बनाए पनि त्यो लामो समयसम्म निषक्रियजस्तै थियो, तर अहिले माओवादीले त्यसैमा टेकेर नयाँ आधारमा मोर्चाबन्दी गर्न प्रयास गरेको हो।
'हिजो बनाउन खोजिएको मोर्चामा स्पष्ट कुरा गर्ने राजनीतिक दल भएनन्, अब नयाँ आधारमा नयाँ मोर्चा बनाउने कुरा भयो,' संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, 'पहिचानसहितको संघीयतामा स्पष्ट रूपमा खुलेका दललाई मात्रै समेटेर मोर्चाबन्दी हुन्छ।' उनका अनुसार अघिल्लोपटक गर्न खोजिएको मोर्चाबन्दीभित्र रहेका दलबीच 'द्वैध चरित्र' देखा परेकाले आगामी दिनमा सात दलमात्रै रहेर अघि बढ्ने योजना बनाइएको छ।
श्रेष्ठले अघिल्लो मोर्चाबन्दीको प्रयास स्वरूप बनाइएको अवधारणापत्र संशोधन गरी छलफल सुरु गरिएको जानकारी दिए। संविधानसभा र सडक दुवैतर्फ मोर्चाबन्दी गरेर संघर्ष गर्ने उद्देश्य राखिए पनि नयाँ अवधारणापत्रमा भने शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलनबाट प्रगतिशील संविधान निर्माणमा जोड दिने उल्लेख छ।
यसैगरी, माओलाई स्वीकार गर्ने एमाओवादीसहित संविधानसभाबाहिर रहेका चार साना वामपन्थी दलबीच कार्यगत एकताका लागि गरिएको प्रयास निचोडमा पुग्न लागेको जनाइएको छ। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी मुख्यालय, एमाओवादी मुख्यालय पेरिसडाँडा हुँदै नेकपा एकीकृतको केन्द्रीय कार्यालयमा बसेको तीन चरणको बैठकले कार्यगत एकताका लागि अवधारणापत्र निर्माण गरेको छ। त्यसबारे बिहीबार एकीकृतको कार्यालयमा थप छलफल भएको थियो।