रकमान्तरबाट दलको भवन
१७ असार २०७१
•
६ मिनेट पाठ
रकमान्तरबाट दलको भवन
पोखरा-ठूला आयोजनालाई छुट्याएको बजेट खर्च हुन नसकेर फिर्ता भएपछि शीर्षक बदलेर बाँडिएको रकम सत्तारुढ नेपाली कांग्रेसले गाउँगाउँमा पार्टी कार्यालय भवन बनाउन प्रयोग गरेको छ। सुन्दा सार्वजनिक प्रयोगमा आउनेजस्तो गरी शीर्षक दिएर कांग्रेसले पार्टी कार्यालयको भवन बनाउन सरकारी ढुकुटी प्रयोग गरेको हो।रकमान्तर गरी कास्कीमा आएको बजेटमध्येबाट बिपीस्मृति भवनका नाममा कांग्रेस पार्टी कार्यालयका लागि बजेट खर्च गरिएको छ। केन्द्रबाटै तोकिएर आएको शीर्षकसहितको बजेट कार्यान्वयनबारे जिल्ला विकास समितिले हालै अनुगमन गरेको थियो। सत्तारुढ र विपक्षी दुवैथरी राजनीतिक दलका प्रतिनिधिको सहभागितामा गएको अनुगमन टोलीले सरकारी ढुकुटी एउटा पार्टीका कार्यालय भवनका लागि खर्चिएको फेला पारेको हो। 
कास्की–४ को राजनीतिक केन्द्र ढिकुरपोखरीको नौडाँडामा कांग्रेस पार्टी कार्यालयका लागि चार लाख रुपैयाँ खर्च भइरहेको छ। त्यस्तै सल्यान गाउँ समितिको कार्यालयका लागि दुई लाख रुपैयाँ आएको छ। नौडाँडामा पहिल्यै रहेको भवनमा थप निर्माणका लागि बजेट पाएको कांग्रेस क्षेत्रीय सभापति आइबहादुर गुरुङले जानकारी दिए। पार्टी कार्यालय भने पनि भवनको पहिलो तला डेरा बस्न दिएर भाडा आम्दानी गरिएको छ। त्यसमाथि कार्यालय चलाउन कोठाका लागि बजेट खर्च गरिएको हो। 
सल्यान गाविसमा पार्टीका लागि दान गरिएको जग्गामा भवन बनाउने योजना गरी उपभोक्ता समिति गठन गरिएको छ। अनुगमन टोलीसँगै नागरिक संवाददाता पुग्दा भवनका लागि भनेर बारीको माटो खोस्रन सुरु गरिएको थियो। अनुगमन टोलीले कार्यान्वयनको अवस्था हेरेपछि पेस्की पाइने भएकाले गाउँ पार्टी समितिले उक्त दिन बारीका मकै फाँडेर खनीखोस्री गरेको थियो। यो वर्षको बजेट यही महिनाभित्र लिइसक्नुपर्ने भएकाले काम देखाउन कांग्रेस कार्यकर्ता हतारिएका थिए। 
आर्थिक वर्षको अन्त्यमा आएर बजेट सक्ने परिपाटीका कारण जहाँजस्तोसुकै ठाउँमा पनि खर्च भएको अनुगमनकर्ताले बताए। ‘बजेट यसरी पार्टी कार्यालयलाई खर्च भयो भन्दा पनि गलत परम्परा सुरु भयो भनेर चिन्ता लिनुपर्ने विषय हो,' अनुगमनमा पुगेका राप्रपा नेपाल कास्कीका उपाध्यक्ष भोलाजंग सुवेदीले नागरिकसँग भने, ‘बजेट सक्नु नै थियो भने बरु पाटीपौवामा खर्च गरेको भए हुन्थ्यो। खानेपानी र बाटोघाटोमा खर्च गरेको भए हुन्थ्यो।' 
पार्टीको कार्यालय भवनका लागि हतारहतार काम भएको ढिकुरपोखरी नौडाँडामै यात्रु प्रतीक्षालय भत्केर बिजोग थियो। त्यसका लागि सभासद सीता गिरीले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट बजेट छुट्याए पनि असारको १४ गतेसम्म सम्झौता भएको थिएन। जब कि यो आर्थिक वर्ष सक्नुपर्ने त्यस्ता योजनाको १५ गतेअघि नै जिल्ला विकास समितिसँग सम्झौता भइसक्नुपर्छ। तर, दलीय दबाबका आधारमा पुरानो मिति राखेर सम्झौता गर्ने चलन छ। 
आर्थिक वर्षको अन्त्यमा आएर कास्कीमा ११३ वटा योजना परेका थिए। ११ जना सभासदले ७७ वटा योजना वर्षको अन्त्यमै आएर पेस गरे भने रकमान्तर गरी आएको बजेटबाट ३६ योजना परेका थिए। ३६ योजनाका लागि १ करोड १७ लाख रुपैयाँ परेको छ भने सभासदले १० लाखका दरले १ करोड १० लाख रकम खर्च गर्दैछन्। शनिबार ती योजनाको जिविसले अनुगमन गरेको थियो। ती योजनाको कार्यान्वयन अत्यन्तै फितलो पाइएको छ। थुप्रै सुरु नै भएका छैनन् भने सुरु भएकाको धरि आधा काम पनि सकिएको छैन। 
रकमान्तरबाट परेका योजनामा कांग्रेस समर्थकलाई उपभोक्ता समितिमा राखिएको छ। गाउँमा भेला बोलाई उपभोक्ता समिति गठन गर्नुपर्नेमा केन्द्रबाट सिधै फलानोफलानोको भनेर समिति गठन गरिदिने चलन देखिएको अनुगमनमा गएका सूर्यबहादुर खड्काले बताए। राष्ट्रिय ढुकुटीको पैसाबाट पार्टी कार्यालय भवन बनाइनुलाई कांग्रेस नेता आइबहादुर गुरुङले अस्वाभाविक बताएनन्। बरु हाकाहाकी पार्टी कार्यालय चलाउनेकै लागि बिपी भवन बनिरहेको स्वीकारे। 
वर्षको अन्त्यमा आएर पेस भएका निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजना पूरा नहुने पक्का छ। उपभोक्ता समिति बनाएर पेस्की लगेका योजना नसकिए यो वर्ष रकम फिर्ता पठाउनुपर्छ। तर योजना नसकिए पनि पेस्कीमाथि पेस्की थपेर बजेट उपभोक्तालाई दिने तरखर जिविसले गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस