काठमाडौं – नेकपा एमालेको महाधिवेशन सुरु हुन एक दिनमात्र बाँकी रहँदा नेताहरूले आफ्नो पक्ष स्पष्ट गर्ने र गुट फेर्ने क्रम जारी छ। पछिल्लोपटक लामो समयदेखि केपी ओलीको पक्षमा उभिँदै आएका नेता कृष्णगोपाल श्रेष्ठ माधव नेपालको पक्षमा लागेका छन्।
महाधिवेशनको रन्को सुरु भएपछि पहिलोपटक नेपाल पक्षधरको भेलामा उपस्थित भएका उनले केपी र वामदेव गौतमको गठबन्धनलाई अपवित्र भनी टिप्पणी गरेका छन्। 'वामदेव एक नम्बरको भ्रष्टाचारी भन्ने प्रदीप नेपाल र सुरासुन्दरी कान्डबारे लेख लेख्ने ईश्वरपोखरेल लगायतको झुन्डा त्यहाँ छ,' उनले भने, 'केपी र वामदेवको गठबन्धन अपवित्र गठबन्धन हो।'
नेपाल पक्षधरको भेला अहिले प्रज्ञा भवनमा भइरहेको छ। माधव नेपालले भेलालाई सम्बोधन गरिरहेका छन्।