काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज टिम घोषणा गर्ने भनिए पनि अन्तिम समयमा आएर रोकिएको छ।
अध्यक्ष झलनाथ खनालको आग्रहमा टिम घोषणा नगरिएको नेता नेपालले बताएका छन्। 'अध्यक्षले केही दिन कुर्नुहोस् भन्नुभयो,' प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'त्यसैले अहिले नै हामीले टिम घोषणा गरेनौं।'
उनले कुनै पनि किसिमको डर, धाक र धम्कीबाट प्रभावित नभई आफ्नो विवेक प्रयोग गरी मत हाल्न कार्यकर्तालाई आग्रह गरेका छन्।
कार्यक्रममा नेपाल पक्षधर नेता योगेश भट्टराईले भने अध्यक्ष खनालको समर्थन माधवकुमार नेपाललाई भएको दाबी गरे। 'वर्ल्डकपमा जस्तै हो, अध्यक्षज्यूले पास दिनुहुन्छ र माधव नेपालले गोल गर्नुहुन्छ,' उनले भने।