काठमाडौं– एकीकृत माओवादीको पहलमा हुन लागेको तराई मधेस राजनीतिक दलबीचको मोर्चाबन्दी अवधारणामा सहमति हुन नसक्दा घोषणा लम्बिन पुगेको छ। असार २० गते पत्रकार सम्मेलन गरी संघीय गणतान्त्रिक मोर्चाको औपचारिक घोषणा गर्ने भनिए पनि मोर्चाका अवधारणा र संविधानका अन्तवर्स्तुमा सहमति जुटन नसक्दा घोषणाको योजना पर सरेको छ।
असार २० गते पत्रकार सम्मेलन गरी मोर्चाको औपचारिक घोषणा गर्ने अघिल्लो बिहीबार निर्णय भए पनि समान धारणा बनाउन नसक्दा असार मसान्तसम्म धकेलिन पुगेको छ।
सो मोर्चा घटक संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले मोर्चाका अवधारणा र संविधानका अर्न्तवस्तुमा एकै धारणा बनाएर जाने भनिए पछि बैठक लम्बिएको बताए। 'मोर्चाका अवधारणा र नयाँ संविधानको अर्न्तवस्तुमा सहमति थप जुटाउनुपर्ने भएकाले फेरि बैठक बस्ने कुरा भएको छ,' श्रेष्ठले नागरिकन्युजसँग भने, 'संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा पनि समान धारणा बनाएरमात्र मोर्चाको औपचारिक घोषणा गर्ने भएका छौं।'
उनका अनुसार मोर्चामा आबद्ध पाँच तराई–मधेस केन्द्रीत दल, संघीय समाजवादी र एमाओवादीले समान धारणा बनाउनका लागि आ–आफ्ना दलमा छलफल हुने भएको छ।
एमाओवादी नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत ७ दल छन्। संविधान सभाभन्दा बाहिर माओवादीसँग गठबन्धन बनाएको एमाओवादीले संविधान सभाभित्र मधेसवादी दलको साथ लिएर मोर्चाबन्दीको प्रयास गरिरहेको छ। मोर्चामा आबद्ध हुन खोजेका दलको बैठक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको थियो।