काठमाडौं- एमालेको ९ औं महाधिवेशनमा सबै प्रतिनिधिले समयमै पास नपाउँदा अलमलमा परेका छन्। अहिले एमाले महाधिवेशनमा बन्द सत्र सुरु हुँदैछ। पास नहुँदा केहि प्रतिनिधिलाई महाधिवेशन हलमा प्रवेश गर्न अप्ठेरो भएको छ।
पास नपाएका प्रतिनिधिलाई अस्थायी पास वितरण गरिएको अभिलेख उप-समितिकी संयोजक बृन्दा पाण्डेले बताइन्। ५ सय वटा अस्थायी कार्ड वितरण गरिएको पाण्डेले बताइन्।
फोटो नटासि फर्म भरेको र फर्ममा गलत सूचना दिइएको कारणले आधिकारीक कार्ड बन्नमा कठिनाइ भएको उनले बताइन्।