काठमाडौं— माधव नेपाल पक्षले महाधिवेशन बन्दसत्रमा 'हाम्रा अवधारणाहरु' पुस्तक बाँडेपछि प्रतिनिधिहरुबीच भएको होहल्लाले एमाले बन्दसत्रले गति लिन सकेको छैन। सो पुस्तकमा राजेन्द्र राईले लेखेको लेखमा केपी ओलीको अस्वस्थतालाई कारण देखाउँदै उनलाई नेतृत्व दिन नहुने तर्क गरिएको थियो।
सोही विषयलाई कारण बनाउँदै ओली पक्षका कार्यकर्ताले पुस्तक च्यातेका थिए। उनीहरुले बन्दसत्रमा पार्टीको आधिकारिक दस्तावेज बाहेक बाहिरका सामग्री बाँडिएकोमा आपत्ति जनाउँदै होहल्ला गरेका छन्। स्वयंसेवकले उक्त पुस्तक सहभागीहरुबाट खोसेको थिए।