एमालेको 'नेपाल ड्रिम'
२० असार २०७१
•
१२ मिनेट पाठ
एमालेको 'नेपाल ड्रिम'
काठमाडौं- आगामी एक दशकमा अल्पविकसित नेपाललाई विकासशील बनाउने लक्ष्यसहित संविधानसभामा दोस्रो ठूलो दल नेकपा (एमाले) ले ३५ वर्षे 'नेपाल ड्रिम' विकास अवधारणा अघि सारेको छ।बिहीबारबाट राजधानीमा जारी पार्टीको नवौं महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो सुरु बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेस गर्दै भावी नेपालको 'स्वप्नचित्र' प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमा एक दशकभित्र नेपालीको प्रतिव्यक्ति आय, सामाजिक र भौतिक विकास तथा मानव विकासका आधारमा नेपाललाई विकासशील तहमा पुर्या्उने लक्ष्यले अघि बढ्ने उल्लेख छ। प्रतिव्यक्ति आय कसरी, कति पुर्याीउने, सामाजिक र भौतिक विकास तथा मानव विकास सूचकांक कुन तहमा पुर्याीउने भन्ने खाका भने प्रतिवेदनमा छैन।
'लोकतन्त्रको पर्यायका रूपमा स्थापित पार्टी अब समृद्धिको अगुवाका रूपमा स्थापित हुनेछ र सन् २०८० सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको दर्जाबाट विकासशील राष्ट्रको दर्जामा पुर्यारउनेछौं,' राजनीतिक प्रतिवेदनमा भनिएको छ। मस्यौदा समिति हुँदै केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित खनालको प्रतिवेदनमा शनिबारबाट समूहगत छलफल हुनेछ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वर्ष (विसं २००६) लाई आधार मानेर त्यसको सय वर्षभित्र गर्ने कार्यक्रम प्रतिवेदनमा प्रस्ताव गरिएको छ। कार्यक्रमहरू राजनीतिक, आर्थिक, सामाजिक, संघीयता र स्थानीय स्वशासन, सामाजिक सांस्कृतिक रूपान्तरण, राष्ट्रियता र विविध शीर्षकमा बाँडिएको छ।
नेपाली राजनीतिमा मात्रै नभएर एमाले कम्युनिस्ट पार्टीहरूकै 'टे्रन्ड सेटर' का रुपमा स्थापित भएको दाबी गर्दै प्रतिवेदनमा अब पार्टीले समृद्धिको अभियान चलाउने उल्लेख छ।
स्थापनायता ६५ वर्षसम्म राजनीतिक अधिकार प्राप्तिको आन्दोलनलाई प्रमुख उद्देश्य बनाएको पार्टीको अब प्रमुख कार्यभार आर्थिक–सामाजिक रूपान्तरण बन्ने प्रतिवेदनमा औंल्याइएको छ।
'नेकपा एमालेको परिकल्पना : खुसी नेपाली, समृद्ध नेपालको स्थापना' शीर्षक 'नेपाल ड्रिम'मा आर्थिक–सामाजिक रूपान्तरणलाई मूर्तरूप दिन ३५ वर्षमा गरिने राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका कार्ययोजना प्रस्तावित छन्। 
'नेपाल ड्रिम' मा श्रमबजारमा भित्रिने ४ लाख श्रमशक्तिलाई रोजगारी दिलाउन अभियान सञ्चालन गर्ने, मेची–महाकाली विद्युत रेलमार्ग र चीन तथा भारतबीच ट्रान्जिट बाटोका रूपमा दुवै देशका सीमासम्म रेलमार्ग विस्तार गर्ने उल्लेख छ।
नेपाली अर्थतन्त्र विकासका आधार तीन–खम्बे हुने ठम्याइ एमालेको छ। सरकारी (राजकीय), सहकारी र निजी क्षेत्रलाई सँगसँगै विकास गर्ने उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, 'सामाजिक आर्थिक समानता र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको उद्देश्य संविधानमा सुनिश्चित गरिनेछ।'
१ सय २४ पृष्ठको प्रतिवेदनमा १५ शीर्षकमा विषयवस्तु छुट्याइएको छ। वर्तमान अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति, विगतको समीक्षा, संविधानसभाका चार वर्ष, शान्ति प्रक्रिया र पार्टीको भूमिका, राजनीतिक शक्तिहरूको विश्लेषण र शक्तिसन्तुलनको विद्यामान अवस्था, २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलन र त्यसको चरित्र, वर्तमान नेपाली समाजको चरित्र, अर्धऔपनिवेशिकता र राष्ट्रिय स्वाधीनताको संघर्ष, हाम्रो सन्दर्भमा राज्य, राष्ट्र र पहिचानको प्रश्न, नयाँ संविधानका अन्तरवस्तु, परनिर्भरताको विरासत र राष्ट्रिय विकासको मौलिक बाटोसहितका विषय यसमा समेटिएको छ। 
'आगामी कार्यभार' शीर्षकमा निर्धारित समयमै संघीयता, लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माणमा जोड दिइएको छ। सामान्ती अवशेषहरूको उन्मूलन, नयाँ राष्ट्रिय अर्थतन्त्र निर्माण, वैचारिक–सैद्धान्तिक स्तरलाई उन्नत पार्ने, सामाजिक–सांस्कृतिक अभियानलाई तीव्रता दिने, संघीय ढाँचा निर्माण गर्ने, स्थानीय निर्वाचन र लोकतन्त्रको विस्तार गर्ने उल्लेख छ। 
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने, वामपन्थी, देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूको संयुक्त मोर्चा निर्माण गर्ने, संगठित सदस्य ५ लाख पुर्यातउने, राष्ट्रिय हित सुरक्षा र सन्तुलित विदेश सम्बन्ध राख्ने, पार्टीको आर्थिक कामलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने, अध्ययन अनुसन्धान केन्द्र निर्माण गर्नेलगायत पार्टी योजना खनालको प्रतिवेदनमा छ।




नेपालमा एमाले र कांग्रेस मात्रै दल


राजनीतिक प्रतिवेदनमा एमाले र कांग्रेसबाहेकका कुनै पार्टी राजनीतिक दल बन्न नसकेको ठहर एमालेको छ। 'यिनीहरू (एमाले र कांग्रेस) नै समाजको आधारभूत संरचना र त्यसको मुख्य वर्गहरूको प्रतिनिधित्व गर्ने दल हुन्,' प्रतिवेदनमा भनिएको छ, 'अरू पार्टी या त यिनकै सहउत्पादन हुन् या पछिल्ला राजनीतिक घटनाक्रमले जन्माएका समूह हुन्, जसको एउटा राजनीतिक दलका रूपमा संस्थागत विकास हुन बाँकी नै छ।'
एमालेले नेपाली कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध रहने जनाएको छ। संविधान निर्माणसम्म नेपाली कांग्रेससँग सहकार्य प्रमुख र प्रतिस्पर्धा गौण हुने र त्यसपछि प्रवृत्ति र मुद्दाका आधारमा प्रतिस्पर्धा र सहकार्य निर्धारण हुने प्रतिवेदनमा उल्लेख छ। 
२००७, २०४६ र २०६२/६३ को परिवर्तनमा कांग्रेसले सकारात्मक भूमिका खेलेको भए पनि चरित्र सम्झौतापरस्त, कम्युनिस्टप्रति बढी नकारात्मक, सत्तामा पुगेपछि आन्दोलनको धरातल बिर्सने प्रवृत्ति, राष्ट्रिय हितको प्रश्नमा ढुलमुल, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारप्रति अनुदार र ठूलो पुँजीपतिको हितरक्षा गर्ने विशेषता भएको प्रतिवेदनमा औंल्याइएको छ।
एमालेले उग्रवामन्थी 'स्कुलिङ'को उत्पादन भन्दै एकीकृत माओवादी दोस्रो संविधानसभा निर्वाचनमा ठूलो धक्का खाएपछि अन्योल, दिशाहीनता, वैचारिक संकट र संगठनात्मक अस्तव्यस्ततामा फस्दै गएको विश्लेषण गरेको छ। नेकपा–माओवादी दोस्रो सविधानसभा निर्वाचन हिंसात्मक रूपमा विफल बनाउन नसकेपछि नेताहरू किंकर्तव्यविमूढ अवस्थामा देखिएको प्रतिवेदनको निष्कर्ष छ। 
संविधानसभामा चौथो शक्ति राप्रपा नेपाललाई नेपाली समान्तवादको अवशेषको प्रतिनिधित्व मानिएको छ। मधेसी दल तराईमधेसको यथास्थितिवादको संवाहक बनेको एमाले धारणा छ। आफ्नै दलबाट विभाजित भएर बनेको संघीय समाजवादीलाई जातीय संकीर्णतावादी समूह भएको एमालेले विश्लेषण गरेको छ। 
एमालेले जनमुक्ति, संघीय लिम्बुवान, थरुहट, खस राष्ट्रिय एकतासहितका दललाई यही वर्गभित्र राखेको छ। एमालेका संस्थापक महासचिव सिपी मैनालीले नेतृत्व गरेको नेकपा (माले) लाई वामपन्थी र लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको भए पनि कतिपय विषयमा जडता र याान्त्रिक तथा नेतृत्वमा संकीर्णता रहेको खनालको टिप्पणी छ। एमालेले सबैभन्दा नजिक नेकपा (संयुक्त) लाई राखेको छ।

नेपाली समाज पुँजीवादी


अध्यक्ष खनालको प्रतिवेदनमा उल्लेख भएका विषयले नेपाली कम्युनिस्ट आन्दोलन नयाँ चरणमा प्रवेश गरेको देखाएको छ। कम्युनिस्ट पार्टी स्थापनादेखि नै नेपाली समाजको चरित्र विश्लेषण गर्दा अर्धसामन्ती र अर्धऔपनिवेशिक भएको बताउँदै आएका थिए।
राजनीतिक प्रतिवेदनमा २०६२/६३ को परिवर्तनलाई शान्तिपूर्ण जनक्रान्तिका रूपमा विश्लेषण गर्दै एमालेले यसलाई 'नेपाली विशेषतामा आधारित' भनेको छ। 'यो क्रान्ति नेपालको विशिष्ट परिस्थितिमा सम्पन्न भएको नयाँ खाले पुँजीवादी जनवादी क्रान्ति नै हो,' प्रतिवेदनमा भनिएको छ।
खनालको राजनीतिक प्रतिवेदनबाहेक महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभागका प्रमुख युवराज ज्ञवालीको विधानसंशोधन प्रस्ताव शनिबारको बन्दसत्रमा प्रस्तुत गरिनेछन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस