काठमाडौं- राजधानीमा जारी नेकपा (एमाले)को ९औं महाधिवेशनको चौंथो दिन आज विभिन्न आयोग प्रमुखले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल सुरु हुने भएको छ।महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई २० समूहमा विभाजन गरी सबै प्रतिवेदनमाथि छलफल सुरु हुने भएको हो। समूह विभाजन गर्दा अञ्चलगत १६ वटा कमिटी, जनवर्गीय संगठन, केन्द्रीय विभागलगायतको समूहमा विभाजन गरिने भएको छ।
बन्दसत्रमा आज लेखा आयोगका प्रमुख पुष्प कडेँलले पार्टीको पाँच वर्षको आर्थिक प्रतिवेदन पेस गरेका छन्। आज नै निर्वाचन आयोगका प्रमुख सोमनाथ प्यासीले निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
शनिबार अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेस गरेका थिए। त्यस्तै, संगठन विभाग प्रमुख युवराज ज्ञावलीले विधान संसोधन प्रस्ताव र अनुशासन आयोगका प्रमुख अमृत बोहोराले अनुशासन प्रतिवेदन प्रस्तुत गरेका थिए।