संयुक्त प्यानल बनाउँदै खनाल : नेपाल
२२ असार २०७१
•
८ मिनेट पाठ
संयुक्त प्यानल बनाउँदै खनाल : नेपाल
काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच संयुक्त प्यानल निर्माण गरेर नवौं महाधिवेशनको प्रतिस्पर्धामा जाने सहमति भएको छ।

खनाल निवास डल्लुमा आइतबार भएको छलफलमा अध्यक्षका प्रत्यासी नेपाल र खनालबीच यस्तो सहमति भएको हो। 'आइतबार दिउँसो अध्यक्ष र वरिष्ठ नेताबीच संयुक्त प्यानल बनाएर जानेबारे सहमति भयो,' पोलिटब्युरो सदस्य रघुजी पन्तले नागरिकसँग भने, 'राजनीतिक प्रतिवेदन र विधानहरू पारित भएपछि संयुक्त प्यानलको नाम सार्वजनिक हुन्छ।'

उनका अनुसार प्यानल निर्माण पनि खनाल–नेपालले संयुक्त रूपमा गर्नेछन्। बैठकमा नेपाललाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटीका नेता, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्य सहभागी थिए।

यसअघि अध्यक्षका दुवै आकांक्षी नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले खनाल आफ्नो पक्षमा रहेको बताउँदै आएका थिए। खनाल आफैं भने कुनै पक्षमा खुलेका थिएनन्। बरु सर्वसम्मत गरेर दोस्रो कार्यकालका लागि आफूलाई दोहोर्‍याउनुपर्ने उनको चाहना थियो।

अध्यक्षका लागि नेपाल र ओलीबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला खनालसँगको यो सहमतिले निर्वाचन परिणाम आफ्नो पक्षमा जानेमा नेपाल पक्ष ढुक्क भएको छ। ओली पक्षले भने यसबाट 'मनोवैज्ञानिक असर मात्रै पर्ने' ठानेको छ। खनालनिकट नेताहरू पहिल्यैदेखि नेपालको अभियानमा लागेको अवस्थामा यो सहमतिले चुनावी नतिजामा कुनै प्रभाव नपर्ने उनीहरूको विश्लेषण छ।

यसैबीच नेपाल र ओली दुवै पक्ष प्यानल निर्माणका लागि अन्तिम गृहकार्यमा जुटेका छन्। दुवै पक्ष महाधिवेशनको बन्दसत्रमा विधान संशोधन पारित भएपछि मात्रै प्यानल घोषणा गर्ने तयारीमा छन्। पदाधिकारी संख्या यकिन नभई प्यानल घोषणा गर्दा समूहभित्रै समस्या पर्ने देखिएपछि विधान संशोधनपछि मात्रै घोषणा गरिन लागेको हो।

संशोधित विधानमा अध्यक्ष, वरिष्ठ नेता र महासचिव एक–एक, उपाध्यक्ष र सचिव पाँच–पाँच, दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ। यसअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय हुनेछ। पार्टीभित्रैबाट पदाधिकारी संख्या ठूलो भयो भन्दै आठौं महाधिवेशनको व्यवस्थाअनुसारै पदाधिकारी संख्या राख्नुपर्नेमा आवाज उठिरहेको छ।

'कुम जोडिने अवस्थामा पदाधिकारीको व्यवस्था गर्नु ठिक हुँदैन,' एक युवानेताले भने, 'पदाधिकारी धेरै राख्दा धेरैको महŒवाकांक्षालाई थेग्न नसक्ने अवस्था देखिएको छ।' यसअघि तीन–तीनजना उपाध्यक्ष र सचिव रहने व्यवस्था थियो।

पहिलेको विधानअनुसार भए ओली तर्फबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी र प्रदीप नेपाल उठ्नेछन्। महासचिवमा ईश्वर पोखरेल र सचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीको दाबी रहनेछ। समावेशीबाट धर्मनाथप्रसाद साहलाई उपाध्यक्षमा लाने पक्कापक्की छ।

उपाध्यक्ष पाँचजना भए थप एकमा बाचस्पति देवकोटा, केशव बडाल र मुकुन्द न्यौपानेको दाबी हुनेछ। वामदेवले पनि पाँच उपाध्यक्षको व्यवस्था भए किरण गुरुङलाई लैजान जोड दिने स्रोतले बतायो।

उपमहासचिवको व्यवस्था कायम रहे विष्णु पौडेल र शंकर पोखरेललाई ओली पक्षले उठाउनेछ। सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, थममाया थापा मगरको दाबी छ।

'संशोधित विधानअनुसार गए उपाध्यक्ष गौतमले पदाधिकारीमा आफूनिकट केही नेतालाई लैजानुपर्ने अडान लिन सक्नेछन्,' ओलीनिकट एक नेताले भने।

महासचिवमा ईश्वर पोखरेल नै दोहोरिने निश्चितजस्तै छ। केहीले भने उनी उपाध्यक्षमा उठ्ने चर्चा गरिरहेका छन्। 'पोखरेल उपाध्यक्षमा जाने सम्भावना छैन। उपाध्यक्षमा पोखरेलको वरीयता गौतम र भण्डारी पछि मात्रै हुन्छ,' ती नेताले भने, 'पहिले घोषणा गरेजस्तै महासचिवमै प्रतिस्पर्धा गर्नुहुन्छ।'

ओली समूहले तीन उपाध्यक्ष र तीन सचिव मात्रै हुँदा नेपाललाई समस्या पर्ने ठानेका छन्। नेपालतिर पदाधिकारी आकांक्षी संख्या ठूलो भएकाले व्यवस्थापन गर्न समस्या हुने र त्यसको फाइदा पुग्ने ओली समूहले ठानेको छ।

तीनजना मात्रै हुँदा उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनेछन्। पाँचजना हुँदा लालबाबु पण्डित र घनश्याम भुसाल वा अन्य कोही आउने छन्। 'भुसाललाई सल्लाह दिनेले वैचारिक अभियानको नेतृत्व गरेकाले उनी पनि उपाध्यक्षमा आउँदा राम्रो सन्देश जाने भनिरहेका छन्,' भुसालनिकट एक नेताले भने।

त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे उठ्ने निश्चित छ। उपमहासचिवको व्यवस्था भए रघुजी पन्त र गोकर्ण विष्टलाई प्रतिस्पर्धामा उतार्ने योजना नेपाल पक्षको छ। विष्टनिकट नेताले उनलाई सचिवमा उठ्दा बढी सुरक्षित हुने बताए पनि नेपाल स्वयंले विष्टलाई उपमहासचिवमा उठाउन चाहेका छन्।

तीन सचिवको व्यवस्थामा धेरै आकांक्षी भएकाले नेपाललाई टिम बनाउन समस्या पर्ने देखिएको छ। पाँच सचिव हुँदा योगेश भट्टराई, रामचन्द्र यादव, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, कृष्णगोपाल श्रेष्ठको दाबी हुनेछ। नेपाल तर्फबाट सचिवमा पशुपति चौलागाईं, श्रीमाया थकाली लगायत आकांक्षी छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस