काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले अपराह्न ४ बजे गर्ने भनेको संयुक्त प्यानल घोषणा स्थगित भएको छ। 'गृहकार्य नपुगेकाले ४ बजे हुने भनिएको घोषणा केही समयका लागि स्थगित भएको छ', एमाले नेता गगन विष्टले नागरिकन्युजलाई भने।
राजधानीमा जारी एमालेको नवौं महाधिवेशनमा संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा जाने सहमति भएपछि यी दुई नेताले संयुक्त प्यानल घोषणा गर्ने तयारी गरेका थिए।
खनाल निवास डल्लुमा आइतबार भएको छलफलमा अध्यक्षका प्रत्यासी नेपाल र खनालबीच यस्तो सहमति भएको थियो।
संशोधित विधानमा अध्यक्ष, वरिष्ठ नेता र महासचिव एक–एक, उपाध्यक्ष र सचिव पाँच–पाँच, दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ।
यसअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय हुनेछ। पार्टीभित्रैबाट पदाधिकारी संख्या ठूलो भयो भन्दै आठौं महाधिवेशनको व्यवस्थाअनुसारै पदाधिकारी संख्या राख्नुपपर्नेमा आवाज उठिरहेको छ।
त्यस्तै बाँकी समूह नेता चुनिनका लागि अहिले भृकुटिमण्डपमा नेताहरुको छलफल जारी छ।