काठमाडौं– टोली नेता चयनको विवादले झन्डै चार घन्टा ढिलो सुरु भएको नेकपा एमाले महाधिवेशनको बन्दसत्रमा प्रस्तावहरूमाथि समूहगत प्रस्तुतिको क्रम सुरु भएको छ।
अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले १९ वटा समूहमा बाँडिएर छलफल गरेका थिए। समूहगत छलफलपछि जनकपुरका तर्फबाट लक्ष्मण पौडेलले अनुशासन आयोगले प्रतिवेदनमाथि टिप्पणी गर्दै पटकपटक अनुशासन उल्लंघन गर्नेलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने धारणा राखे। पेस्की फर्स्यौट नगर्नेहरुलाई उम्मेदवार बन्न दिन नहुने उनको सुझाव थियो।
यसैगरी केन्द्रीय निकाय तथा विभागका तर्फबाट सूर्य थापाले २५ बुँदे सुझाव प्रस्तुत गरेका छन्। अन्य टोलीले आफ्नो धारणा राख्न बाँकी नै छ।
यसअघि सगरमाथा अञ्चलको टोली नेता चयनका विषयमा विवाद भएपछि बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको थिएन। माधव नेपाल पक्षले यज्ञराज सुनुवार र केपी ओली पक्षले सुमन प्याकुरेललाई टोली नेताका रुपमा अगाडि सारेपछि सुरु भएको विवाद सम्झना थपलियालाई टोली नेता बनाएर टुंग्याइएको छ।
१९ वटै टोलीले आ–आफ्नो धारणा राखिसकेपछि प्रतिवेदन/प्रस्तावहरु पारित हुनेछन्। त्यसपछि बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रीत हुनेछ।
१० टोली नेताद्वारा धारणा प्रस्तुत
साँझसम्म बन्दसत्रमा १० टोली नेताले समूहगत छलफलबाट आएको धारणा राखेका छन्। सोमबार धारणा राख्नेहरुमा निम्न बमोजिम छन् :
राप्ती कर्णाली – कुमार दसौंदी
जनकपुर – लक्ष्मण पौडेल
केन्द्रीय निकाय, विभाग र कार्यालय – सूर्य थापा
लुम्बिनी तराई – खिमलाल देवकोटा
जनवर्गिय संगठन– महेश बस्नेत
नारायणी – रामकुमार भट्टराई
धौलागिरी र लुम्बिनी पहाड – मना केसी
उपत्यका – टंक कार्की
गण्डकी – मायानाथ अधिकारी
सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च – गोपाल शाक्य
जनकपुर – लक्ष्मण पौडेल
केन्द्रीय निकाय, विभाग र कार्यालय – सूर्य थापा
लुम्बिनी तराई – खिमलाल देवकोटा
जनवर्गिय संगठन– महेश बस्नेत
नारायणी – रामकुमार भट्टराई
धौलागिरी र लुम्बिनी पहाड – मना केसी
उपत्यका – टंक कार्की
गण्डकी – मायानाथ अधिकारी
सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च – गोपाल शाक्य
नयाँ नेतृत्वका लागि दुवै पक्ष सोमबारदेखि नै सक्रिय भइसकेका छन्। महाधिवेशनस्थल अगाडि दुवै पक्षले नाचगानसहित आफ्नो पक्षको प्रचारप्रसारलाई तीब्रता दिएका छन्। राष्ट्रिय सभागृह अगाडि नेपालसमर्थित समूह र विश्वभाषा क्याम्पस अगाडि ओली समर्थित समूह नाचगानसहित प्रचार गरे।
बन्दसत्र भोलि ८ बजे सुरु हुनेछ।