एकीकरणको विपक्षमा वैद्य माओवादी नेता
२४ असार २०७१
•
६ मिनेट पाठ
एकीकरणको विपक्षमा वैद्य माओवादी नेता
काठमाडौं-मोहन वैद्य नेतृत्व नेकपा माओवादीका अधिकांश नेता एकीकृत नेकपा माओवादीसँग तत्काल एकीकरण गर्न नहुने पक्षमा छन्।




पार्टी मुख्यालय बुद्धनगरमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले मुद्दामा आधारित भएर कार्यगत एकता गर्नु ठिकै भए पनि पार्टी एकीकरणका लागि तत्काल पहलकदमी नगर्न नेतृत्वसँग आग्रह गरेका छन्।

एक पोलिब्युरो सदस्यका अनुसार अधिकांश सदस्यले पार्टी एकीकरण आवश्यक परिहाले सतर्कताका साथ मात्र पहलकदमी गर्नुपर्ने राय राखेका छन्। एमाओवादी नेतृत्वमा पार्टी एकीकरण हुन नसक्ने उनीहरूको भनाइ छ। 'आफ्नै नेतृत्वको वरिपरि मात्रै एकीकरण हुनुपर्नेमा अधिकांशले जोड गरेका छन्,' ती पोलिटब्युरो सदस्यले भने।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो खोसिएको साख जोगाउन कार्यगत एकता र एकीकरणको प्रस्ताव गरेको अधिकांश सदस्यको निर्क्योल छ। 'संविधानसभा चुनावअघि वैद्यजीहरू नभए पनि चुनावमा जाऔं केही फरक पर्दैन भन्ने व्यक्ति नै प्रचण्ड (दाहाल) हुन्,' एक केन्द्रीय सदस्यले भने, 'तर, चुनावमा अप्रत्याशित हार बेहोरेपछि आत्तिएका प्रचण्ड अहिले पुनः हामीसँग कार्यगत एकता र एकीकरणको प्रस्ताव गरिरहेका छन्।'

अध्यक्ष दाहालले बानेश्वरमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादी एकीकरणका लागि तयार भए आफू अध्यक्ष छाड्न र वैद्यलाई नेतृत्व सुम्पन्न राजी भएको उल्लेख गरेका थिए।

पार्टी विभाजनको औचित्य पुष्टि नभएसम्म एकीकरणका लागि सोच्न पनि नहुने मुख्य गरी सचिव नेत्रविक्रम चन्द पक्षधर केन्द्रीय नेताको भनाइ छ। 'हिजो दक्षिणपन्थी संशोधनवादी भनेर हामीले पार्टी विभाजन गरेका हौं, आज के कारणले पार्टी एकीकरण हुनसक्छ, आधार चाहियो भन्दै नेताहरूले बैठकमै प्रश्न गरेका छन्,' एक केन्द्रीय सदस्यले भने।

अध्यक्ष वैद्यले पेस गरेको जनयुद्धको जगमा जनविद्रोह भन्ने कार्यनीति व्यावहारिक कार्यान्वयन गर्न कठिनाइ भएको तथा कार्यनीतिलाई नेतृत्वले हेलचेक्र्याइँ गरेको भन्दै सचिव नेत्रविक्रम चन्दले फरक दस्तावेज पेस गरेका छन्। असार मसान्तभित्रै राष्ट्रिय सम्मेलन गर्ने योजना बनाए पनि चन्दले वैद्यको प्रतिवेदनमा प्रश्न उठाउँदै फरक दस्तावेज पेस गरेपछि आकस्मिक रूपमा केन्द्रीय समिति बैठक बोलाइएको हो। बैठक १८ गतेदेखि जारी छ।

पार्टी विभाजनको दुई वर्षभित्रै फरक–फरक दस्तावेज पेस भएपछि माओवादी वैचारिक र राजनीतिक रूपमा गम्भीर संकटमा परेको छ। अध्यक्ष वैद्यले विद्रोहको वातावरण बनाउँदै जानुपर्नेमा जोड गरे पनि त्यसमा भर नलागेकाले फरक दस्तावेज पेस गर्नुपरेको चन्द बैठकमा धारणा राखेका छन्।

एकसाता लामो केन्द्रीय समिति बैठकमा दुई दस्तावेजलाई एकै बनाएर राष्ट्रिय सम्मेलनमा जान सुझाव आएको छ, तर त्यसको सम्भावना कम हुँदै गएको माओवादी स्रोतको भनाइ छ। पदाधिकारी र पोलिटब्युरो समितिमा कमजोर भएका चन्द कार्यकर्ता तहबाट भने आफ्नो प्रतिवेदन अनुमोदन हुनेमा विश्वस्त देखिएका छन। 'केन्द्रीय समिति बैठकमा दुवै प्रतिवेदनबारे छलफल भएको छ, त्यसलाई सम्मेलनसम्म लाने स्थिति देखिँदै गएको छ,' पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले नागरिकसँग भने, 'कार्यकर्ता तहसम्म छलफलमा लैजाऊँ, त्यहीबाट निष्कर्ष निकालां भन्नेमा नै जोड देखिएको छ।'

अध्यक्ष पैद्यको प्रतिवेदनलाई महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ, प्रवक्ता पम्फा भुसाल, पोलिटब्युरो सदस्य हितमान शाक्यले बचाउ गरेका छन् भने पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा, उमा भुजेललगायतले चन्दलाई साथ दिएका छन। उपाध्यक्ष सिपी गजुरेल र पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले तटस्थ धारणा राखेको नेताहरूले जनाएका छन्। बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने अपेक्षा गरिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस