काठमाडौं– एमालेको नवौं महाधिवेशनमा रहेको पदाधिकारीको व्यवस्था सम्बन्धी विवाद सुल्झिएको छ। महाधिवेशन सञ्चालन गर्ने स्टेरिङ कमिटीमा प्रस्तुत विधान संशोधन प्रस्तावमा उपाध्यक्षलाई समावेशी बनाउनेगरी सहमति भएको हो।।पदाधिकारी लगायत केन्द्रीय कमिटीका संशोधन प्रस्ताव अनुसार नै हुने तर उपाध्यक्षलाई समावेशी बनाउने नयाँ प्रस्ताव हलमा लैजाने निर्णय भएको हो।
सहमतिअनुसार खुल्लामा २, महिला, जनजाती र मधेशी एक–एक गरी पाँच उपाध्यक्ष रहने स्टेरिङ कमिटीका सदस्य घनश्याम भुसालले नागरिकन्युज जानकारी दिए।
स्टेरिङ कमिटीको बैठकमा सुरेन्द्र पाण्डेले उपाध्यक्षलाई समावेश बनाउने र विवाद समाधान गर्ने प्रस्ताव राखेका थिए। संशोधित विधानमा निवर्तमान अध्यक्ष पदेन वरिष्ठ नेता सहित १५ पदाधिकारीको प्रस्ताव छ। त्यसैगरी सचिव पाँच रहने प्रस्ताव छ। प्रस्तावअनुसार १ सय १५ सदस्यीय पूर्ण र ३४ वैकल्पिक केन्द्रीय सदस्य गरी १ सय ४९ सदस्यीय केन्द्रीय कमिटी हुनेछन्।
बन्द सत्रमा अध्यक्षका अकाक्षी केपी शर्मा ओली पक्षले पदाधिकारीको संख्या ठूलो भएको भन्दै विरोध गर्दै आएको थियो