नव गठित गण्डकी प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । गत जेठ २९ गते नेपाली कांग्रेसको नेतृत्वमा बामपन्थी प्रजातान्त्रिक गठबन्धनको सरकार बनेको थियो । एमाले सरकार ढालेर बनेको यो सरकारले आईतबार एकसय दिन पूरा गरेको हो । ‘हनिमून पिरियड’को रुपमा हेरिने सय दिनमा सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनैपनि कार्य गरेको छैन ।
तर गण्डकी प्रदेश सरकारले भने सरकारको नियमित कामलाई नै सरकारको उपलब्धीको रुपमा ब्याख्या गरेको छ । गण्डकी प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरि नियमित गरिएका कामहरुलाई सरकारको उपलब्धीको फेहरिस्त सार्वजनिक गर्दै यसलाई उपलब्धीको रुपमा ब्याख्या गरेको हो ।
प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएका कामलाई प्रमुख उपलब्धी मानेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालसम्म गण्डकी प्रदेशका ६ लाख १० हजार ४ सय ३० जनालाई पहिलो डोज खोप र ४ लाख ५३ हजार ८ सय ९७ जनालाई दोश्रो डोज कोरोना विरुद्ध खोप लगाइसकिएको बताए । उनले मनाङ र मुस्ताङ जिल्लाका खोप लगाउने उमेर समूहका सबैलाई कोरोनाबिरुद्धको खोप लगाई पूर्णखोप जिल्ला घोषणा गरिएको जानकारी दिए ।
सरकारले प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउने तयारी पूरा भई घोषणाको तयारी भइरहेको जनाएको छ । प्रदेश सरकारले मोडल भेटेरिनरी अस्पताल कास्की र तनहुँमा निर्माणको काम शुरु भएको भन्दै यसलाई पनि सरकारको उपलब्धीको रुपमा प्रस्तुत गरेको छ ।
प्रदेश सरकारले यो एकसय दिनमा २० किलोमिटर कालोपत्रे र १० किलोमिटर ग्राभेल सडक निर्माण गरेको जनाएको छ । त्यस्तै गण्डकी प्रदेशका २९० वटा तालको तथ्यांक प्रतिवेदन तयार गरेको, फेवातालले चर्चेको जग्गाको बिस्तृत प्रतिवेदन तयार गरि संघ सरकारलाई बुझाएको भन्दै यसलाई पनि प्रदेश सरकारको उपलब्धीको रुपमा उल्लेख गरेको छ ।
प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरेको जनाएको छ । जनयुद्धका सहीद, घाईते, अपाङ्ग, बेपत्ता परिवारका लागि निःशुल्क उपचारको ब्यबस्था गरेको भन्दै यसलाई पनि सरकारको एक सय दिनको उपलब्धीमा प्रस्तुत गरेको छ । पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पोखरेलले एकसय दिन एकदमै कम समय भएकाले दीर्घकालीन प्रभाव राख्ने काम हुन नसकेको बताए । उनले जनतालाई केन्द्रविन्दुमा राखेर दैनिक सेवा दिने, समग्र विकास प्रक्रियालाई गति दिन सरकार क्रियाशिल रहेको उल्लेख गरे ।

कोभिड–१९ को तेश्रो लहर रोक्नका लागि पनि तयारी गरिएको पनि उनले दाबी गरे । त्यसका लागि प्रदेश भित्रिने नाका तनहुँको आँबुखैरेनी, पाल्पा र स्याङजाको सिमाना राम्दी र नवलपुरको दाउन्नेमा चेकपोस्ट राखेर यात्रुको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । उनले त्यहाँ परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइए छुट्टै राखेर उपचार गर्ने ब्यबस्था मिलाइएको बताए । त्यस्तै, तेश्रो लहरमा बालबालिका प्रभावित हुने सम्भावनाको आंकलन गरिएकाले उनीहरु लक्षित गरेर उपचारका लागि अस्पतालमा बेड तयार गरिएको उनले बताए ।प्रदेश सरकारले सरकार गठन भएकै दिन घोषणा गरेको महिलामा लाग्ने स्तन क्यान्सर, पाठेघर क्यान्सर तथा मुख क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा अनुसार सो कार्यान्वयनको चरणमा रहेको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशका सडकलाई मानवमुक्त सडक बनाउने अभियान सञ्चालन भइरहेको जनाएको छ । जसका लागि सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुर्नस्थापना तथा ब्यबस्थापन कार्यविधी २०७८ स्वीकृत गरेर कार्यान्वयनमा गइसकेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।