काठमाडौं- एमालेको नवौं महाधिवेशनका लागि माधव नेपाल पक्षले पदाधिकारीको उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेको छ।अध्यक्षका आकांक्षी वरिष्ठ नेता नेपालले आज विहान राजधानीको एक पार्टीप्यालेमा आयोजित कार्यक्रमबाट उमेद्वारी घोषणा गरेका हुन्।नेपाल पक्षले उपाध्यक्षमा लालबाबु पण्डित, युवराज ज्ञावली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई उठाउने निर्णय गरेको छ। त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे, उप-महासचिवमा घनश्याम भुसाल र रघुजी पन्त, सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईको नाम अघि सारिएको छ। एक जना उपाध्यक्ष र दुई सचिवको नाम भने अध्यक्ष झलनाथ खनालसँग सल्लाह गरेर घोषणा गरिने वरिष्ठ नेता नेपालले जानकारी दिए।
१५ पदाधिकारीसहित १ सय ५९ सदस्यीय केन्द्रीय समिति बनाउने विधान बुधबार पारित गरेपछि महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत भएको थियो। सोहिअनुसार पदाधिकारीमा पाँच उपाध्यक्ष, एक महासचिव, दुई उप-महासचिव र पाँच जना सचिव चयन गरिने छ।
केन्द्रीय सदस्यको नामवली भने ओली पक्षले दर्ता गराएपछी घोषणा गरिने नेपालले जनाए। ‘हाम्रो तर्फबाट केन्द्रीय सदस्यको नामवली केपी ओली पक्षले घोषणा गरिसकेपछि सार्वजनिक गर्छौ,’ उनले भने। उनले ओलीसँग फोनमार्फत सो सल्लाह भएको बताए। आज दुई बजेभित्र नेतृत्वका लागि उमेद्वारी दर्ता गरिसक्ने एमालेको तयारी छ।