काठमाडौं— एमालेको जारी ९ औं महाधिवेशन निर्वाचन आयोगले आचार संहिता र अध्यक्षको निर्देशन लत्याउँदै प्यानल भोटिङमा जाने निर्णय गरेको छ। यो व्यवस्थाअनुसार अब उम्मेदवार ओली वा नेपाल पक्ष कतातिरका हुन् भन्ने मतपत्रमै खुलाइनेछ।मतपत्रमै दुई प्यानल बनाएर भोटिङ गर्न नपाइने भनी आचार संहितामा स्पष्ट व्यस्था छ। आचार संहिताले प्यानलको लिष्ट बनाएर बाँड्न समेत प्रतिबन्ध लगाएको अवस्थामा निर्वाचन आयोगले यस्तो निर्णय लिएको हो।
प्यानल भोटिङ गर्दा एक पक्ष बडारिने र अर्को पक्ष हाबी हुने खतरा रहेको भन्दै अध्यक्षले समेत यस्तो नगर्नु भनी निर्देशन दिएका थिए। ८ औं महाधिवेशनमा दुई प्यानल भए पनि मतपत्रमा सो कुरा खुलाइएको थिएन। उम्मेदवारहरुको नाम वर्णनुक्रमअनुसार सार्वजनिक गरिएको थियो।
निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारीले लोकतान्त्रिक पद्धतिमा दुई पक्ष खुलेर आउनु स्वभाविक भएको प्रतिक्रिया दिए।