इलाम- दुईदिने भ्रमणमा इलाम आइपुगेका भारतीय राजदूत रणजित रेले बिहीबार सीमावर्ती पशुपतिनगर भ्रमण गरेका छन्। सीमाक्षेत्रका बासिन्दाको समस्या बुझ्दै त्यसको समाधानमा सहयोग पुर्यानउने वचन दिएका उनले पशुपतिनगरको फाटकस्थित विवादित सीमाक्षेत्र र सीमा स्तम्भ निरीक्षणसमेत गरेका छन्।
भारतीय दूतावासको सहयोगमा सदरमुकाममा सञ्चालित आ“खा शिविर बुधबार उद्घाटन गरेका राजदूत रेले भोलिपल्ट दार्जिलिङस“ग जोडिएको पशुपतिनगर भ्रमण गरेका हुन्।
फाटकस्थित दार्जिलिङ प्रवेशद्वारमै सीमा अतिक्रमण गरी र एउटा सहायक स्तम्भ भारततिर पार्ने गरी निर्मित भारतीय भन्सार र पश्चिम बंगाल प्रहरीको चेकपोस्ट राजदूत रेले निरीक्षण गरेका थिए। त्यसको दक्षिणतर्फ भन्सार विभागले नै दसगजा अतिक्रमण हुने गरी निर्माण गरिरहेको पक्की भवनसमेत उनले हेरेका थिए। सीमा अतिक्रमण भएको प्रस्ट देखे पनि उनले केही बोलेनन्।
गृहमन्त्रालयको विरोधपछि भारतीय पक्षले भन्सार विभागको भवन दसगजाबाट केही पर बनाइरहे पनि सीमास्तम्भ वर बनाएको चेकपोस्ट हटाएको छैन। त्यहाँ सञ्चारकर्मीलाई मात्रै होइन, जनसाधारणलाई पनि भारतीय पक्षले तस्बिर खिच्न प्रतिबन्ध लगाएको वर्षौं भएको छ। राजदूत रे 'समस्या समाधान' गर्ने भने पनि त्यो क्षेत्र घुमेर प्रतिक्रिया नदिई सीमापारि गएका थिए।
फाटकनजिकैको सीमा सुरक्षा बल (एसएसबी) को १९ औं बटालियन कम्पनी हेडक्वार्टरमा केहीबेर बसेका राजदूत रेले त्यहा“ नेपाल–भारत सीमाक्षेत्रमा विद्यमान समस्याबारे छोटो अन्तर्किया गरे। 'चुरोट र चाउचाउ अलिअलि तस्करी हुनेबाहेक यस नाकामा खासै समस्या छैन,' एसएसबीले यस्तो प्रतिक्रिया दिएपछि राजदूत र हेडक्वार्टर प्रमुख केहीबेर एकान्त गएका थिए।
'विवादित सीमाक्षेत्र सरसर्ती निरीक्षण गरे पनि राजदूतले कुनै प्रतिक्रिया दिनुभएन,' सशस्त्र प्रहरीका डिएसपी किरण बस्नेतले भने, 'पशुपतिनगरको अतिक्रमित क्षेत्र देखाउने काम भएको छ, आवश्यक परे कुनै दिन बोल्नुहोला।'