काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा राति १० बजेसम्ममा ८ सय ५० जनाले मत हालेका छन्। मतदान केन्द्रमा पाँचवटा बुथमा एकैपटक ३५ जनाले मत दिनसक्ने व्यवस्था गरिएको छ। तर यसलाई बढाएर एकैपटक ७० जनाले मत हाल्ने व्यवस्थाका लागि प्रयास भइरहेको निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिए। चाँडै मत हालेर फर्कन हतार महाधिवेशन प्रतिनिधि मतदान केन्द्रमा लाम लागेर बसेका छन्।
४ सय १२ मतदातामध्ये दुई सय जनालाई भोट हाल्नु पर्ने भएकाले एक जनालाई मत हाल्न कम्तीमा १५ मिनेटदेखि बढीमा ४५ मिनेटसम्म लाग्ने गरेकाे छ। चुनावी प्रतिस्पर्धामा माधव नेपाल र केपी शर्मा ओलीकाे प्यानलबाहेक १२ जना स्वतन्त्र उम्मेदवार छन्। यो चुनावले १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि १ सय ५८ जना र केन्द्रीय अनुशासन अायोग र केन्द्रीय लेखापरीक्षण अायोगका लागि २१-२१ जना चयन गर्नेछ।