गुटका नेतालाई मतदान
२७ असार २०७१
•
१० मिनेट पाठ
गुटका नेतालाई मतदान
काठमाडौं- नवौं महाधिवेशनको नवौं दिन शुक्रबार एमाले प्रतिनिधिहरुले पार्टीको इतिहासमा पहिलोपटक गुटका नेतालाई मतदान गरेका छन्। आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न करिब साढे छ घन्टा ढिलो गरी साँझ ५:३० मा सुरु भएको मतदान राति अबेरसम्म जारी थियो।




निर्वाचनमा अध्यक्षका उम्मेदवारद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओलीले सबै पदमा प्यानलै प्रतिस्पर्धामा उतारेका छन्। एमालेमा गुटगत रुपमा निर्वाचन हुन लागेको यो पहिलोपटक हो।
केन्द्रीय पदाधिकारी, सदस्य र अनुशासन तथा लेखा आयोग पदाधिकारी गरी ४ सय १२ उम्मेदवार मैदानमा छन्। आगामी पाँच वर्षका लागि नेतृत्व छान्न २ हजार १ सय ७६ मतदाता छन्।
पार्टी निर्वाचन आयोगले बिहान ११ बजेबाट मतदान सुरु गर्ने योजना बनाए पनि तयारी नसकिँदा पटक–पटक समय सार्दै साँझ मात्र सुरु गरेको थियो। मतपेटिकामा पहिलो मत निवर्तमान अध्यक्ष झलनाथ खनालले खसाएका थिए। लगत्तै अध्यक्षका उम्मेदवार नेपाल र ओलीले मतदान गरेका थिए। 
मतदानलगत्तै अध्यक्षका दुवै उम्मेदवारले आफूले चुनाव जित्ने दाबी गरे। 'परिस्थिति निकै राम्रो र उत्साहप्रद छ। सहज रुपमा विजय प्राप्त हुन्छ,' ' नेपालले सञ्चारकर्मीसँग भने, 'प्रतिनिधिहरु मतदानमा उत्साहपूर्ण ढंगले भाग लिइरहनुभएको छ।' 
ओलीले पनि आफूले जित्ने जित्ने पक्का रहेको दाबी गरे। 
'शतप्रतिशतभन्दा माथि कुनै प्रतिशत छ भने पनि जित्छु भन्ने लागेको छ,' ओलीले भने, 'महाधिवेशनपछि एमालेमा गुटबन्दी र विभाजन हुँदैन। नेपालमा लोकतान्त्रिक अभ्यास अलिकति नयाँ किसिमको छ, त्यसैले कहिलेकाहीँ बाहिर जान्छ।' 
नेपालले नौ मिनेट र ओलीले सात मिनेटमा आफूले मतदान गर्न भ्याएको बताए। ४ सय १२ उम्मेदवारमा १२ जनामात्र प्यानलबाहिरका रहेको निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले बताए। 
प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरिएको प्रति अध्यक्ष असन्तुष्टि व्यक्त गर्दै खनालले यस्तो निर्वाचनले पार्टीलाई अघि बढाउन नसक्ने बताए। 
'प्यानलिज्म निश्चित रुपमा कम्युनिस्ट पार्टीभित्र राम्रो कुरा होइन। यसले पार्टीलाई अग्रगति प्रगतितर्फ लैजान सक्दैन,' खनालले मतदानपछि भने, 'लोकतान्त्रिक विकल्पभन्दा अर्को विकल्प भएन। सर्वसम्मति नभए पनि लोकतान्त्रिक अभ्यासमा जानुको विकल्प थिएन।' अन्तिम समयसम्म पनि आफूले सहमतिका लागि प्रयास गरेको खनालले बताए। 
'मतदान सुरु हुनुअघि भर्खरै पनि मैले माधव कमरेड र केपी कमरेडसँग बसेर छलफल गरेँ तर सहमति भएन, यो दुर्भाग्यको कुरा हो' खनालले भने, 'लोकतान्त्रिक अभ्यासमा लागेको छौं, यसले राम्रै परिणाम ल्याउछ भन्ने कुरामा विश्वास गरेर अघि बढ्नुपर्छ।' 
पदाधिकारी र अन्य गरी छुट्टाछुट्टै ६ वटा मतपत्र व्यवस्था गरिएको मतदानमा एकजनाले २ सय १४ वटा 'टिक' लगाएर मात्र सबै पदमा मतदान गर्न सक्छन्। 'मतपत्र ठूलो र उम्मेदवार धेरै रहेकाले छिटो भ्याउनेले १५ र ढिलो गर्नेले ४५ मिनेटसम्म लगाउने गरेका छन्,' आयोग सदस्य पोखरेलले भने, 'पाँचवटा बुथमा ३५ जनाले एकैपटक मतदान गर्ने व्यवस्था गरेका छौं।' मतदानका लागि ६ वटा ठूलो मतपत्र व्यवस्था गरिएको छ।
'अध्यक्षलगायत पदाधिकारीको एउटा र भूगोल, समावेशी, महिला, उत्पीडित, जनजाति, आयोगको अर्काे मतपत्र छ,' निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी प्यासीले भने, 'एकैपटकमा ३५ जना साथीहरुले मतदान गर्न सक्नुहुन्छ। व्यवस्थित स्पेस रहेकाले त्यसलाई पनि प्रयोग गरौं भनेर मतसंकेत गर्ने पाँचवटा स्थान थप्ने तयारीमा छौं।' अधिकारीले १० घन्टामा मतदान सकिने आँकलन गरेका छन्। 
उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्न भएको ढिलाइले गर्दा मतदानको समयपछि सरेको उनले जनाए। 'हिजो (बिहीबार) २ बजेसम्म मनोनयन गरिसक्ने भन्ने थियो। मनोनयनका लागि बढी समय लागेकाले मतदान गराउन ढिलो भएको हो। रिङभित्र छिरिसकेपछि जति बजेसम्म पनि समय दिनुपर्छ,' अधिकारीले भने, 'राति करिब नौ बजेसम्म हामी मनोनयन प्रक्रियामा थियौं। त्यसलाई सटिङ गरेर अन्तिम नामावली प्रकाशित गर्दा ढिलो भयो।' 
नामावली धेरै भएकाले फाइनल गर्दा ढिलो भएको उनले बताए। 'थुप्रै साथीहरु नाम फिर्ता लिन र सच्याउन आउने क्रम अबेरसम्म चलिरह्यो,' उनले भने, 'रातको समय पनि भएकाले केही असहज भयो। तर त्यसलाई व्यवस्थित ढंगले अघि बढायौं। '
मतदानका लागि प्रतिनिधि निर्धारित समयमै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगे पनि लामो समय बाहिरै कुर्नुपरेको थियो। प्रतिनिधिहरुलाई आकर्षित गर्न उम्मेदवार निकै सक्रिय देखिन्थे। अध्यक्षका दुवै प्रत्याशीका नाममा नाराबाजी मात्र होइन, मतदानस्थल बाहिर नाचगान कार्यक्रम राखिएको थियो। 
विभिन्न पदका उम्मेदवारले फोटोसहितका फ्लेक्स ब्यानर, पर्चा। पम्प्लेट, पोस्टर, प्रोफाइललगायत छापा प्रचार सामग्री निर्माण गरेर प्रदर्शनीमार्ग सडकका दुवैतिर राखेका थिए।
'नयाँ उम्मेदवारलाई सबैले चिनेका हुँदैनन्। उनीहरुले प्रचारप्रसारका लागि विभिन्न विधि अपनाउनु ठिकै हो,' वैकल्पिक केन्द्रीय सदस्यका उम्मेदवार सुरेन्द्र मानन्धरले नागरिकसँग भने, 'माधवकुमार नेपाल, केपी शर्मा ओलीसहित सधैं चर्चा रहने पदाधिकारीले पनि अन्यले भन्दा बढी नै प्रचार गरेका छन्।' नेताहरुको फोटो रहेका टिसर्ट र टोपी लगाएका कार्यकर्ता यत्रतत्र देखिन्थे।

उम्मेदवारी शुल्क १० लाख


एमालेको आन्तरिक निर्वाचनका लागि बिहीबार भएको मनोनयनमा उम्मेदवारबाटै १० लाख ३० हजार रुपैयाँ संकलन भएको छ। अध्यक्षका प्रत्याशीका लागि मनोनयन गर्न १० हजार रुपैयाँ तोकिएको थियो भने पदाधिकारीलाई ५ हजार र सदस्य पदका उम्मेदवारका लागि २ हजार रुपैयाँ मनोनयन शुल्क राखिएको थियो। 
'मनोनयन शुल्कबाट १० लाख ३० हजार रुपैयाँ संकलन भएको छ,' आयोग सदस्य पोखरेलले नागरिकसँग भने। एउटा प्यानलले मात्रै अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका प्रमुख र सदस्यको गरी ४ लाख ९२ हजार रुपैयाँ मनोनयनका क्रममा बुझाएको थियो। मनोनयन फर्मको छुट्टै एक सय रुपैयाँ तोकिएको थियो।
मतगणना कहिले सुरु गर्ने भन्ने निश्चित भइसकेको छैन।
'निर्वाचनमा ५० कानुन व्यवसायीसहित हामी अहोरात्र खटिएका छौं, दुई दिनदेखि सुतेका छैनौं,' आयोग सदस्य पोखरेलले मतगणना कहिले सुरु हुन्छ भन्ने प्रश्नमा भने, 'छुट्टै गणक ल्याइए भोलि (शनिबार) दिउँसोबाट मतगणना सुरु गर्न सकिन्छ, नत्र हामीले सुत्नुपर्छ, पर्सिबाट सुरु गरौं भनेका छौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस