काठमाडौं- नेकपा एमालेको जारी नवौं महाधिवेशनको चुनावमा दुई हजार एक सय ५२ मत खसेको छ। शुक्रबार ११ बजे हुने भनिएको मतदान साढे छ घन्टा ढिला सुरु भएको थियो। मतदान शनिबार बिहान ३ बजे सकिएको निर्वाचन आयोगले जनाएको छ।'शुक्रबार मध्यरातसम्म चलेको चुनावमा २१५२ मत खसेको छ,' निर्वाचन आयोगका सानुराज पोखरेलले भने, '२४ मतदाता भने अनपस्थित रहे।' एमालेको नवौं महाधिवेशनमा २१७६ जना मतादाता थिए।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीले छुट्टा छुट्टै प्यानल बनाएर चुनावमा भिडेका हुन्। १ सय १५ पूर्णसहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि ४ सय १५ जनाको उम्मेदवारी परेको छ।
राति अबेरसम्म मतदान चलेकाले मतगणना ढिला हुनसक्ने पोखरेलले बताए। उनले दुबैपक्षका नेता आएपछि सल्लाह गरेर कहिले र कुन ठाउँमा मतगणना गर्नेबारे टुंगो लगाउने बताए। 'राति अबेरसम्म मतदान चलेकाले मतगणना गर्ने टुंगो लागेको छैन,' उनले भने, 'दुबैतर्फका नेता आएपछि सल्लाह गरेर कहिले र कहाँ मतगणना गर्नेबारे छलफल गर्नेछौं।'
मतपेटिका भृकुटिमण्डपमा राखिएको छ।