काठमाडौं- नेकपा एमालेको नेतृत्व छनोटका लागि भएको निर्वाचनको मतगणना भोलि (अाइतबार) बिहान ८ बजेबाट मात्र सुरु हुने भएको छ। तयारी नपुगेका कारण मतगणना भोलिबाट मात्र सुरु गर्ने निर्णय भएको नेपाल पक्षबाट सचिवका उम्मेदवार योगेश भट्टराईले जनाए।
यसअघि मतगणनाबारे छलफल गर्न निर्वाचन अायोग र नेताहरुको बैठक बसेको थियो। बैठक बसिरहेकाले मतगणना सुरु गर्न नसकिएको निर्वाचन अायोगका अध्यक्षा साेमनाथ अधिकारीले बताएका थिए।
शुक्रबार साँझ साढे पाँच बजे सुरु भएको मतदान शनिबार बिहान ३ बजे सकिएको थियो। २१ सय ७६ प्रतिनिधिमध्ये २१ सय ५२ मतमात्र खसेको निर्वाचन आयोगले जनाएको छ। २४ जना अनुपस्थित रहे। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीले छुट्टा छुट्टै प्यानल बनाएर चुनावमा भिडेका हुन्। १ सय १५ पूर्णसहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि ४ सय १२ जना चुनावी मैदानमा छन्।