मतगणना आजबाट, परिणाम दुई दिनभित्र
२८ असार २०७१
•
५ मिनेट पाठ
मतगणना आजबाट, परिणाम दुई दिनभित्र
काठमाडौं- नेकपा (एमाले) को नयाँ नेतृत्व छनोटका लागि शुक्रबार साँझदेखि भएको निर्वाचनको मतगणना आइतबारबाट मात्र हुने भएको छ। मतगणना शनिबार नै थाल्ने भनिए पनि आचारसंहिता निर्माण, आवश्यक सामग्री व्यवस्थापनमा ढिलाइ र निर्वाचन आयोगका सदस्य (गणक) थकाइका कारण गणना एकदिन सारिएको हो।अध्यक्षका दुवै प्रतिस्पर्धीका प्रतिनिधि र निर्वाचन आयोगका सदस्यबीच शनिबार त्रिपुरेश्वरस्थित खेलकुद परिषदमा भएको बैठकले मतगणना आइतबार बिहान ८ बजेबाट सुरु गर्ने निर्णय गरेका थिए। वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल र संसदीय दल नेता केपी ओलीका तर्फबाट विष्णु पौडेल प्रतिनिधि छन्।
एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले बिहान ८ बजेअघि नै मतगणनाको आचारसंहितालगायत आवश्यक विषयमा सहमति गरिसक्ने जानकारी दिए। 
यसअघि मतगणना शनिबार नै हुने भनिएकाले जानकारी लिन ठूलो संख्यामा कार्यकर्ता त्रिपुरेश्वर पुगेका थिए। निर्वाचन आयोगका सदस्यले भने दुई दिन रातभर काम गरेकाले निद्रा र थकानका कारण शनिबार सुरु गर्न नसकिने शुक्रबारै जनाउ दिएका थिए। उनीहरुले शनिबारै सुरु गर्न अन्य गणक ल्याउन सुझाएका थिए। 
निर्वाचनको सबै परिणाम आउन दुई दिन लाग्ने आयोगका पदाधिकारीको अनुमान छ।
नेता शंकर पोखरेलले सबै मतपत्र एकैचोटि गणना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।'कस्तो सदर र कस्तो बदर मत भन्ने विषयमा पनि छलफल गरी सहमतिमा पुगेका छौं,' उनले भने। 
पोखरेलले निर्वाचन आयोगका सदस्यहरू रातभर निर्वाचनमा व्यस्त रहेको र केही सदस्य सर्वोच्च बारको निर्वाचनमा खटिएकाले गणना एकदिन सरेको बताए। बुटवल महाधिवेशनमा मतपरिणाम सार्वजनिक हुन तीन दिन लागे पनि यसपटक त्यस्तो नहुने पोखरेलको दाबी छ।
मतगणना छ स्थानमा एकैसाथ हुनेछ।'छ प्रकारका मतपत्रको फरक–फरक स्थानमा सँगसँगै गणना हुनेछ,' सचिवका उम्मेदवार योगेश भट्टराईले नागरिकसँग भने। उनले आवश्यकताअनुसरा १२ ठाउँमा मतगणना व्यवस्था गर्न सकिने बताए।
राष्ट्रिय खेलकुद परिषद कार्यालयको कोठामा सिलबन्दी गरेर मतपेटिका राखिएको छ।'मतपेटिकालाई प्रहरीले सुरक्षा दिनेछ। सुरक्षाका लागि दुवै पक्षका दुई–दुई कार्यकर्ता पनि परिचालन गरिएको छ,' भट्टराईले भने। 
महाधिवेशनस्थल भृकुटीमण्डपबाट शनिबार दिउँसो मतपेटिका त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुर्यााइएको थियो।'वर्षायाम भएकाले मतगणनाका लागि पानीले नभिज्ने, फराकिलो ठाउँ खोज्दै भृकुटीमण्डपको सट्टा त्रिपुरेश्वरस्थित कभर्ड हल रोजिएको हो,' भट्टराईले भने।
कभर्ड हल रोज्नुअघि राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमध्ये कुनै एक ठाउँमा मतगणना गर्ने योजना थियो। सभागृह र प्रतिष्ठान अरुले नै'बुक' गरिसकेकाले उपलब्ध भएन। त्यसपछि प्रशासनिक प्रतिष्ठान र पार्टी प्यालेसमा गर्ने विषयमा पनि छलफल भएको थियो। 'प्रशासनिक प्रतिष्ठान उपयुक्त भएन भने पार्टी प्यालेस साँघुरो हुने र सुरक्षित पनि नहुने भएकाले कभर्ड हलमा मत गन्ने निर्णय भयो,' भट्टराईले भने। 
एमालेको नवौं महाधिवेशनमा नेतृत्वका लागि वरिष्ठ नेता नेपाल र संसदीय दलका नेता ओलीले प्यानल नै बनाएर निर्वाचनमा भाग लिएका थिए।
रातभर मतदान
मतदाताले पदाधिकारी, समावेशी र खुला गरी केन्द्रीय सदस्य, निर्वाचन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्य गरी २ सय १४ जनालाई मत हाल्नुपर्ने व्यवस्था गरिएको थियो। 
शुक्रबार दिउँसो साढे ५ बजे सुरु भएको मतदान शनिबार बिहान ३ बजे सकिएको थियो। करिब १० घन्टासम्म भएको मतदानका क्रममा २ हजार १ सय ५२ जनाले मत दिएको निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिए। महाधिवेशनमा २ हजार १ सय ७६ प्रतिनिधि थिए।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस