काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ। दशरथ रंगशालाको कभर्ड हलमा ८ बजे सुरु हुने भनिएको मतगणना साढे ११ बजेदेखि सुरु भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार पहिलो बुथबाट मतगणना सुरु भएको छ। पहिलो बुथमा केन्द्रीय कमिटीका सदस्य, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, लेखा परीक्षण आयोग, अनुशासन आयोग र जनवर्गीय संगठन रहेको छ। यसअन्तर्गत चार सयभन्दा बढी मत खसेको छ।
शुक्रबार मध्यरातसम्म मतदान भएको थियो। मतगणना शनिबार नै थाल्ने भनिए पनि आचारसंहिता निर्माण, आवश्यक सामग्री व्यवस्थापनमा ढिलाइ र निर्वाचन आयोगका सदस्य (गणक) थकाइका कारण गणना आजलाई सारिएको थियो। आज बिहानै माधवकुमार नेपाल र केपी ओली समूहका नेताहरु मतगणनास्थलमा पुगेका थिए।
मतगणनास्थलमा सिसिटिभीसमेत जडान गरिएको छ।