काठमाडौँ- आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने भन्दै सभासद्ले गर्दै आएको रु पाँच करोड मागप्रति विरोध दर्शाइएको छ। नागरिक समाजका अगुवा, विभिन्न पेसामा आबद्ध युवा तथा सामाजिकत सङ्घसंस्थाले सभासद्लाई पाँच करोड दिनुभन्दा जतिसक्दो चाँडो संविधान देओस् भन्ने माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधस्वरुप एक घण्टा धर्ना दिए।
शान्तिका लागि साझा अभियान (कोक्याप)को अगुवाइमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइएको थियो।
सोही अवसरमा मानवअधिकारकर्मी कपिल श्रेष्ठले विकासका नाममा रु पाँच करोड माग्नुभन्दा सभासद् पदबाट नै राजीनामा दिएर व्यापारको क्षेत्रमा लाग्न सभासद्लाई सुझाव दिए।
मानवअधिकारकर्मी चरण प्रसाईं, सुशील प्याकुरेल र गजाधर सुनार लगायतले सानातिना विकासे काममा अलमल नगरिकन निर्धारित समयभित्र जनताको संविधान जारी गर्न आग्रह गरे।