काठमाडौं- एमालेमा नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानको पूरै परिणाम आउन अझै एक दिन कुर्नुपर्ने भएको छ। उम्मेदवार संख्याका कारण एउटै मत गन्न २० मिनेटसम्म लाग्नाले मतगणनाको गति अत्यन्त सुस्त छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि जारी मतगणनाको दोस्रो दिन अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपालले अग्रता लिएका छन्। अर्का प्रत्याशी संसदीय दल नेता केपी शर्मा ओलीले नेपाललाई झिनो मतान्तरले पछ्याइरहेका छन्।
आइतबार भएको मतगणनामा ओलीसहित उनको प्यानलले अग्रता कायम गरेकामा सोमबार बदलिएको हो।
बुथ नम्बर १, २ र ३ को मतगणना सम्पन्न हुँदासम्म अध्यक्षमा नेपालले संसदीय दलका नेता केपी शर्मा ओलीभन्दा ४७ मत बढी पाएका छन्। राति साढे १० बजे मतगणना स्थगन गर्नुअघिको परिणामअनुसार नेपालको मत ६ सय ४१ छ भने, ओलीको ५ सय ९३।
महासचिवमा नेपाल प्यानलकै सुरेन्द्र पाण्डेले ७६ मतको अग्रता बनाएका छन्। पाण्डेले ६ सय ६१ ल्याएका छन् भने ओली प्यानलका ईश्वर पोखरेलले ५ सय ८७ ले पछ््याइरहेका छन्।
१४ सदस्यीय पदाधिकारीमा नेपाल प्यानलका १३ उम्मेदवारको अग्रता छ। ओली प्यानलका प्रदीप ज्ञवाली ६ सय ४२ मतका साथ सचिवतर्फ पाँचौं स्थानमा छन्।
उपाध्यक्षमा नेपाल प्यानलका भीम रावल ६ सय ९०, युवराज ज्ञवाली ६ सय ८७, अष्टलक्ष्मी शाक्य ६ सय ७३, राजेन्द्र पाण्डे ६ सय ६३, लालबाबु पण्डित ६ सय ५८ मत प्राप्त गर्दै क्रमशः एकदेखि पाँचौं स्थानमा छन्।
उनीहरुलाई ओली प्यानलका वामदेव गौतम ६ सय ३६, विद्या भण्डारी ६ सय २०, किरण गुरुङ ५ सय ७२, प्रदीप नेपाल ५ सय ६१ र धर्मनाथप्रसाद साहले ५ सय ३९ मतका साथ पछ्याइरहेका छन्। शीर्ष पाँच मत ल्याउने नेता उपाध्यक्षमा निर्वाचित हुनेछन्।
उपमहासचिवमा पनि नेपाल प्यानलका घनश्याम भुसालले ६ सय ९४ मतसाथ आग्रता कायम गरेका छन्। दोस्रो स्थानमा नेपाल प्यानलका रघुजी पन्त ६ सय ३२ मतका साथ दोस्रो स्थानमा छन्।
पन्तभन्दा १४ मतले पछि परेका ओली प्यानलका विष्णु पौडेलको ६ सय १८, शंकर पोखरेल ५ सय ९१ मतका साथ चौथो स्थानमा छन्। नवौं महाधिवेशनदेखि व्यवस्था गरिएको उपमहासचिवमा दुईजना निर्वाचित हुनेछन्।
त्यसैगरी, सचिवमा नेपाल प्यानलका चारजनाको अग्रता छ। यही प्यानलका गोकर्ण विष्टले ७ सय ७१ म्तसाथ पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गरेका छन्। विष्टपछि दोस्रो स्थानमा योगेश भट्टराई ६ सय ८७ मत छ। तेस्रो स्थानमा भीम आचार्य (६ सय ६४ छन्। त्यसैगरी पर्शुराम मेघी गुरुङ ६ सय ६२ चौथो स्थानमा छन् भने ओली प्यानलका प्रदीप ज्ञवाली ६ सय ४२ मतसाथ पाँचौं स्थानमा छन्। आइतबार ओलीले अग्रता कायम गर्दा ज्ञवाली पहिलो स्थानमा थिए। छैठौं स्थानमा नेपाल प्यानलका वेदुराम भुसालले ६ सय ३० मत ल्याएका छन्। ओली प्यानलका पृथ्वी सुब्बा गुरुङ ५ सय ८२ मतका साथ सातौं स्थानमा छन् भने विष्णु रिमाल ५ सय ७१ मतका साथ आठौं स्थानमा र रघुवीर महासेठ ५ सय ३२ मतसाथ नवौं र सबैभन्दा पुच्छारमा केशवलाल श्रेष्ठ ५ सय ५ मत छ। खसेको मतमध्ये हालसम्म पदाधिकारीतर्फ १ हजार २ सय ९० मत गणना भएको ओली पक्षका सचिव उम्मेदवार विष्णु रिमालले जानकारी दिए।
एमालेका नेतृत्व छनोटका लागि करिब ६० प्रतिशत मतगणनापछि दुवै पक्ष पदाधिकार जित्ने सम्भावित विजयी उम्मेदवारको लेखाजोखा र प्राप्त मतको समीक्षा सुरु गरेका छन्। नेतृत्व छनोटका लागि शुक्रबार राति भएको मतदानमा २ हजार १ सय ५२ मत खसेको थियो।
केन्द्रीय कमिटी, नारायणीपूर्व क्षेत्रको मतगणना सकिएको छ। केन्द्रीय कमिटी, निकाय, आयोगहरु, जेष्ठ कम्युनिस्ट मञ्च, जनवर्गीय संगठन, मेची, कोसी, सगरमाथा, जनकपुर, बाग्मती र उपत्यका मतगणना भइसकेको छ। यो क्षेत्रलाई अध्यक्षमा प्रत्याशी नेपालको प्रभाव क्षेत्र मानिँदै आएको छ। बुथ नम्बर ४ र ५ को मतगणना मंगलबार हुनेछ। बुथ नम्बर ४ मा रहेको गण्डकी, लुम्बिनी, धौलागिरी र राप्ती ओलीको प्रभाव क्षेत्रमा मानिन्छ। ५ मा भेरी, कर्णाली, सेती, महाकाली, सम्पर्क विशेष र प्रवास कमिटीको मत हो। कर्णाली, सेती, सम्पर्क र प्रवासमा नेपालको केही मत अगाडि रहेका देखिन्छ।
गणना भइसकेका मध्ये ५० भन्दा बढी मत अध्यक्षमा बाहेक अन्यत्र पदाधिकारीमा नपरेको भेटिएको छ। वरिष्ठ नेता नेपालबाहेक ३७ र ओलीको १५ वटा मत प्यानलमा परेको पाइएको छ।
'अध्यक्षमा माधव नेपाल खाली रहेको ३५ देखि ४० वटा मत र ओलीको १५ वटा मत परेका छन्,' सचिवका उम्मेदवार योगेश भट्टराईले नागरिकसँग भने, 'खाली मतले नै अध्यक्षमा प्रतिस्पर्धामा निर्णायक बन्ने देखिएको छ।'
सोमबार बिहान एक सय मत गणना गर्दा ११ वटा मतपत्र खाली राखेर अध्यक्षबाहेक अन्यमा प्यानलमै हालेको भेटिएको एक नेताले जानकारी दिए।
मतगणना स्थगित
केन्द्रीय सदस्यहरुको गणना ढिलो हुन थालेपछि पदाधिकारीको स्थगित गरेर सदस्यको मात्र गणना गरिएको थियो। राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भइरहेको मतगणनामा पदाधिकारीको मतगणना स्थगित गरिएको थियो।
'आजका लागि मतगणना स्थगित भएको छ,' राति साढे दस बजे नागरिकसँग कुरा गर्दै निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले भने, 'भोलि (मंगलबार) बिहान ८ बजेबाट मतगणना सुरु हुनेछ।'
उनले केन्द्रीय सदस्यतर्फ मतगणनामा गर्न निकै समय लागेको बताए। 'खुला र भूगोलतर्फको एउटै मतपत्र गन्न पनि २० मिनेट लाग्छ,' पोखरेलले भने, 'भोलि साँझसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं।' उनले अहिले पाँच स्थानमा सदस्यको मतगणना भइरहेको बताए।