काठमाडौं-एमाले अध्यक्षमा केपी शर्मा ओलीको विजयले सरकार सञ्चालन र संविधान निर्माणमा असर नगर्ने नेता एवं विश्लेषकले टिप्पणी गरेका छन्। नवौं महाधिवेशनले एमालेमा गुटबन्दीलाई संस्थागत गरेकाले आन्तरिक किचलो भने झन्झन् झाँगिने उनीहरूको बुझाइ छ।नवनिर्वाचित अध्यक्ष ओली र माधवकुमार नेपाल केन्द्रीय नेतृत्वका लागि पूरै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रँदा पार्टीमा तलदेखि माथिसम्मै गुटबन्दी संस्थागत भएको टिप्पणी गर्दै उनीहरूले त्यसले दलीय राजनीतिलाई कमजोर बनाउने आँकलनसमेत गरेका छन्।
कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले एमालेको नयाँ नेतृत्व चयनबाट संविधान निर्माण र सरकार सञ्चालनमा कुनै असर नपर्ने बताए। ‘उहाँहरूको नीति सहमतिमै पास भएको छ,' पौडेलले नागरिकसँग भने, ‘नीतिमा फरक छैन, संविधान र सरकार सञ्चालनमा केही फरक पर्दैन।' नेतृत्वमा चुनिएका ओली र नेपाल दुवैसँग राम्रो सम्बन्ध रहेको सुनाउँदै पौडेलले भने, ‘एमाले हाम्रो मित्र पार्टी हो, आन्तरिक प्रतिस्पर्धाबारे केही भन्नु छैन।'
एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले पार्टीको आन्तरिक जीवनमा नेतृत्व चयन र प्रतिस्पर्धा स्वाभाविक भए पनि एमालेभित्र नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धा अस्वाभाविक भएको टिप्पणी गरे। आन्तरिक प्रतिस्पर्धामा पूरै प्यानल बनाएर अघि बढ्दा दलीय राजनीतिलाई कमजोर बनाउने उनको तर्क छ।
‘एमालेमा जुन प्रणालीबाट नेतृत्व चयन भएको छ, त्यसबाट अन्य राजनीतिक दलहरुले पनि शिक्षा लिनुपर्ने हुन्छ,' बोगटीले नागरिकसँग भने, ‘पार्टीभित्रै सत्ता पक्ष र प्रतिपक्ष खडा हुँदा पार्टी राजनीति कमजोर हुन्छ।'
नेतृत्वका लागि एमालेमा भएको प्रतिस्पर्धाको छाया संविधान निर्माण र सरकारमा समेत केही जटिलता ल्याउन सक्ने बोगटीले बताए। ‘आन्तरिक एकता हुँदा सहमतिका लागि सहज हुन्छ,' उनले भने, ‘एउटै दलमा फरक धारणा र पोजिसनले दलीय सहमतिलाई प्रभाव पार्छ।'
तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लले संविधानसभा, त्यसअन्तर्गतका समिति बैठक र छलफलमा गुटगत धारणा आउने गरेको स्मरण गर्दै शुक्लले आगामी दिनमा एमाले स्पष्ट मार्गचित्रसहित प्रस्तुत हुने अपेक्षा गरे। ‘सहमतिका लागि आवश्यकताअनुसार अडान र लचकता मात्र होइन, पार्टीभित्र एउटै धारणा आवश्यक छ,' शुक्लले भने, ‘त्यसले मात्र शान्ति र संविधान निर्माण लक्ष्य प्राप्ति हुन्छ।'
एमाले विवादले नेपाल नेतृत्वको सरकार परिवर्तन भएको स्मरण सुनाउँदै शुक्लले भने, ‘बहुमतको निर्णय मान्दै सबैलाई समेटेर अघि बढे एमालेको आन्तरिक जीवनको प्रतिस्पर्धाले मुलुकको राजनीतिमा कुनै फरक पर्दैन,' शुक्लले भने, ‘बहुमतको निर्णय नमान्ने र खिचातानी सुरु हुने हो भने शान्ति र संविधान निर्माणलाई प्रभाव पार्छ।'
एमालेमा गुटको प्रभाव बढ्दै जाँदा सरकार परिवर्तनको समेत खेल सुरु हुने बताउँदै उनले भने, ‘त्यो मुलुकका लागि दुर्भाग्य हुन्छ।' संविधान निर्माण नभएसम्म सरकार परिवर्तनमा लाग्न नहुने पनि उनले बताए। एमालेका दस्तावेज पहिला पनि स्पष्ट रहेको बताउँदै शुक्लले निर्णय लिने बेला अलमलमा पर्ने गरेको बताए। ‘एमालेका दस्तावेजमा पहिला र अहिले पनि कमी छैन,' उनले भने, ‘धरातलमा उभिएर निर्णय लिनुपर्दा बीचमा उभिने गरेको छ।'
नेकपा माले महासचिव सिपी मैनालीले एमाले नेतृत्व परिवर्तनसँगै व्यक्तिका केही चाहना र योजना सरकार र संविधान निर्माणमा प्रतिबिम्ब भए पनि त्यसले खासै फरक नपार्ेत दाबी गरे। ‘मूल नेतृत्वले आफ्नो योजना, विचार र चाहना लागू गर्न खोज्नु स्वाभाविक भयो,' मैनालीले भने, ‘केन्द्रीय कमिटी संरचनामा धेरै कुरा निर्भर गर्छ।'
केन्द्रीय कमिटी दुवै पक्षको सन्तुलित आए सरकार र संविधान निर्माण प्रक्रियामा खासै असर नपर्ने बताउँदै मैनालीले भने, ‘एउटा पक्ष (केपी ओली) हाबी भए आफ्नो नीति र विचार लागू गर्न खोज्छन्।'
एमालेको नवौं महाधिवेशनले गुटबन्दीलाई संस्थागत गरेको विश्लेषक श्याम श्रेष्ठको तर्क छ। नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता ओलीबीच भएको अस्वस्थ प्रतिस्पर्धाले एमालेलाई विग्रह र विभाजनतर्फ उन्मुख गरेको वाम विश्लेषक श्रेष्ठको बुझाइ छ। ‘टाउकोदेखि पाइतालासम्म गुटबन्दी भएको छ,' श्रेष्ठले नागरिकसँग भने, ‘नयाँ नेतृत्वलाई पार्टी एकताबद्ध बनाएर चलाउन महाभारत छ।' नवौ महाधिवेशनसम्म आइपुग्दा नीतिगत विषयमा स्पष्ट बनाउँदै लगे पनि नेतृत्वका लागि नेपाल र ओलीबीचको अस्वाभाविक प्रतिस्पर्धाले एमाले तल्लो तहसम्म दुई चिरा भएको छ।
एकीकृत माओवादी उपाध्यक्ष बोगटीले नवौं महाधिवेशनबाट एमाले कम्युनिस्टभन्दा पनि सोसलिस्ट डेमोक्र्याट पार्टीको रुपमा आएको दाबी गरे। कम्युनिस्ट सिद्धान्त र विचारबाट एमाले अलग भएको आरोप लगाउँदै बोगटीले भने, ‘बढी व्यवहारवादी र संशोधनवादी बाटोमा एमाले अघि बढेको छ, नयाँ पन छैन।'
मैनालीले पनि नवौं महाधिवशेनपछि एमाले पँुजीवादी समाजवादको बाटोमा अघि बढेको बताए। झन्डा र पार्टीको नाम कम्युनिस्ट भए पनि क्रान्तिको विश्लेषणका साथै उसले लिएका बाटो वामपन्थी सोसलिस्टको रहेको मैनालीको बुझाइ छ। ‘एमालेले पारित गरेका नीति र विचार नेपाली कांग्रेसभन्दा बढी समाजवादी छ,' उनले भने, ‘नाम र झन्डा कम्युनिस्टको भए पनि समाजको विश्लेषण र बुझाइ सोसलिस्ट वामपन्थी बाटोमा छ।'
विश्लेषक श्रेष्ठले नवौं महाधिवेशनपछि एमाले अन्य राजनीतिक मुद्दा छाडेर आर्थिक सुधारको बाटोमा लाग्ने निष्कर्ष निकालेको बताए। ‘जनवादी क्रान्ति पूरा भयो, अब समाजवादी (आर्थिक सुधारमा लाग्नेछ),' श्रेष्ठले भने, ‘अरू एजेन्डा छाड्ने सम्भावना छ।'
एमालेमा वैचारिक अलमल हटेको बताउँदै श्रेष्ठले भने, ‘एमाले माओवादीसँग भन्दा कांग्रेससँग नजिक भएको छ।' संविधान निर्माणलाई प्राथमिकतामा राखे पनि अघिल्लो महाधिवेशनबाट पारित मुद्दाबाट एमाले पछि हटेको उनले आरोप लगाए। ‘एमाले कांग्रेसभन्दा बढी दक्षिणपन्थी भएको छ,' उनले भने, ‘पहिचानको मुद्दा नै छाड्यो।'