काठमाडौं-नियमअनुसार कागजात उपलब्ध नगराएको भन्दै उडान सञ्चालनमा रहेका वायुसेवा तथा हेलिकोप्टर सेवा कम्पनीको अनुमति प्रमाणपत्र (लाइसेन्स) नवीकरण नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय पर्यटनमन्त्री भीम आचार्यले केही घन्टामै उल्टाइदिएका छन्।सम्बद्ध स्रोतका अनुसार लाइसेन्स नवीकरण हुन नसकेका वायुसेवा कम्पनी तथा हेलिकोप्टर सेवाप्रदायकको ‘दबाब'मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आचार्यले मंगलबार राति उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनलाई ठाडो आदेश दिएर निर्णय उल्टाएका हुन्। नयाँ निर्णयअनुसार कागजात उपलब्ध गराउन एक महिना म्याद थपिएको छ।
मन्त्री आफैं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन्। सञ्चालक समितिको काम वायुसेवा र हेलिकोप्टर कम्पनीको लाइसेन्स जारी वा नवीकरण गर्ने भने होइन।
प्राधिकरणले एक वर्षदेखि वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरणका लागि आवश्यक कागजात उपलब्ध गराउन ताकेता गर्दै आएको थियो। यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को वायुसेवा अनुमति प्रमाणपत्रसम्बद्ध ‘सिग्निफिकान्ट सेफ्टी कन्सर्न' र युरोपेली आयोगको कालोसूचीबाट उम्किन बनाइएको ‘चेकलिस्ट' अनुसार कागजात उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको थियो।
‘निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स र तारा एयरबाहेक कुनैले चेकलिस्ट अनुसारका कागजात उपलब्ध नगराएपछि उनीहरूको उडान अनुमतिपत्र नवीकरण नगर्ने निर्णय गरेका थियौं,' प्राधिकरणका महानिर्देशक सुमनले मंगलबार नागरिकसँग भने, ‘हाम्रो निर्णयपछि नवीकरण नभएका वायुसेवा र हेलिकोप्टरले बुधबारबाट उडान गर्न पाउँथेनन्।'
आचार्य निकट स्रोतका अनुसार उनले मंगलबार राति साढे ९ बजे सुमनलाई टेलिफोन गरी नवीकरण फेल भएका सबै वायुसेवा र हेलिकोप्टरको लाइसेन्सको म्याद एक महिना थप्न निर्देशन दिएका थिए। नियामक निकायको निर्णय उल्टाउनुपरेपछि प्राधिकरणका उच्च अधिकारी अचम्ममा परेका थिए।
पर्यटनमन्त्री आचार्यको ठाडो आदेशबारे प्राधिकरण महानिर्देशक सुमनले केही बताउन चाहेनन्। ‘हामीले कार्यालय समयपछि पनि बाध्य भएर सबै वायुसेवा कम्पनीको अनुमति प्रमाणपत्रको म्याद एक महिना थपेका छौं। हेलिकोप्टर सेवाप्रदायकलाई भने उद्धार उडानबाहेक अन्य उडान गर्न दिँदैनौं,' सुमनले यतिमात्र भने।
प्राधिकरणको निर्णय कार्यान्वयनमा आएको भए बुद्ध, यती र ताराबाहेक कुनै पनि वायुसेवा तथा हेलिकोप्टर सेवा कम्पनीले बुधबारबाट उडान गर्न पाउँथेनन्। मंगलबार कार्यालय समयभित्र ती तीनको मात्र अुनमति प्रमाणपत्र नवीकरण भएको थियो।
सम्बद्ध स्रोतका अनुसार नवीकरण नभएका वायुुसेवा तथा हेलिकोप्टर कम्पनीका सञ्चालकले त्यसपछि पर्यटन मन्त्री आचार्यलाई ‘दबाब' दिन सुरु गरेका थिए। त्यसपछि आचार्यले कार्यालय समय सकिएको साढे चार घन्टापछि राति ठाडो आदेश दिएर लाइसेन्स नवीकरण गर्न भनेका थिए। सबै कम्पनीको लाइसेन्सको अन्तिम म्याद मंगलबार थियो।
आइकाओले वायुसेवा सञ्चालन अनुमति प्रमाणपत्रबारे बारम्बार पोख्दै आएको असन्तुष्टि र त्यसमाथि नेपालमा दर्ता भएका सबै वायुसेवा तथा हेलिकोप्टर युरोपेली आयोगको कालोसूचीमा परेपछि प्राधिकरण तनावमा थियो। त्यसबाट उम्किन प्राधिकरणले सबै कम्पनीलाई उडान सुरक्षा सुधार्न आग्रह गर्दै आएको थियो। तर, एक वर्षदेखि केहीबाहेक अरूले प्राधिकरणको आग्रह ‘लत्याउँदै' आएका थिए।
‘बुद्ध, यती र ताराबाहेक सबैले आवश्यक कागजात पेस गर्न नसकेपछि लाइसेन्स नवीकरण नगर्ने निर्णय गरेका थियौं,' प्राधिकरणका महानिर्देशक सुमनले भने, ‘उड्डयन सुरक्षामा सम्झौता नगर्न तथा युरोपको कालोसूचीबाट उम्किन बाध्य भएर यस्तो निर्णय गरेका थियौं, तर अब बाध्य भएर एक महिनालाई म्याद थपेका छौं।'
पर्यटन मन्त्रालयका एक अधिकारीले मन्त्री आचार्यको ठाडो आदेशबाट उड्डयन सुरक्षामा गम्भीर खेलाँची भएको बताए। यसमा वायुसेवा तथा हेलिकोप्टर कम्पनीका सञ्चालकले थप मलजल गरेको उनको भनाइ छ।
‘वायुसेवा र हेलिकोप्टर कम्पनीका सञ्चालकलाई उड्डयन सुरक्षा सुधार होस् वा युरोपको कालोसूची, केही मतलब छैन, व्यापार गर्न पाए पुग्छ भन्ने यो घटनाले पुष्टि गरेको छ,' ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ‘युरोपेली कालोसूचीबाट बाहिर निस्किन प्राधिकरणलाई सहयोग गर्ने र उडान सुरक्षा सुधार गर्छौं भन्ने ती कम्पनीको भनाइ सबै हावादारी रहेछन्।'
हाल वायुसेवा कम्पनीतर्फ नेपाल वायुसेवा निगम, बुद्ध, यती, तारा, सिमि्रक एयरलाइन्स, गोमा एयर, एयर काष्ठमण्डप, मकालु एयरलगायत सञ्चालनमा छन्। हेलिकोप्टरतर्फ फिसटेल एयर, सिमि्रक एयर, एयर डाइनेस्टी, श्री एयरलाइन्स, मुक्तिनाथ हेलिकोप्टर्स, माउन्टेन हेलि सर्भिस, मनाङ एयरलगायत सञ्चालनमा छन्।
लाइसेन्स नवीकरण नभएका वायुसेवा तथा हेलिकोप्टर कम्पनीलाई ‘क्याटागोरी डाउन' गरी सेवा गर्न दिने प्राधिकरणको तयारी थियो। यात्रु उडान गरिरहेकालाई सामान (कार्गो) उडानमात्र गर्न दिने उसको योजना थियो।