एमाले बैठक : सुझावका लागि १० समूह
०८ असोज २०७८
•
१ मिनेट पाठ
एमाले बैठक : सुझावका लागि १० समूह
नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ। भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो  वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचारविभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए।




यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश हुनेछन्। बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए। प्रमुख भट्टराईले पार्टीभित्रका कतिपय आन्तरिक समस्याका सम्बन्धमा छलफल गर्दै अघि बढ्ने प्रक्रिया चलिरहेको बताए। पार्टीभित्र १० बुँदे प्रस्तावको कार्यान्वयका क्रममा भएका समस्याबारे नेतृत्व तहमा छलफल भइरहेको छ।
अर्को समाचार
‘न्यायपालिका विवादको कारण न्यायाधीश नियुक्ति प्रक्रिया’
२८ साउन २०७८
•
४ मिनेट पाठ
‘न्यायपालिका विवादको कारण  न्यायाधीश नियुक्ति प्रक्रिया’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश नियुक्ति प्रक्रियाका कारण न्यायपालिकालाई विवादमा ल्याउने गरेको बताएका छन्। न्यायाधीश नियुक्तिको प्रक्रियाले गर्दा भ्रष्टाचार बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको बेला प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्तिको प्रक्रिया गलत भएको स्वीकार्नुपर्ने बताएका हुन्।




बुधबार २७औं बार काउन्सिल दिवसका अवसरमा बोल्दै प्रधानन्यायाधीश जबराले न्यायपरिषद्को संरचना आलोच्यबाहेक अरू हुनै नसक्ने धारणा राखे। हाल न्यायाधीश नियुक्तिको सिफारिस न्याय परिषद्ले गर्दै आएको छ। त्यसमा न्यायपरिषद् सचिवालयमा प्रधानन्यायाधीशको अध्यक्षतामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्चका एकजना वरिष्ठ न्यायाधीश, प्रधानमन्त्रीले चुनेका एकजना, नेपाल बारको एकजना गरी पाँच सदस्यीय पदाधिकारी हुने संवैधानिक व्यवस्था छ।

‘न्यायाधीश नियुक्ति प्रक्रिया अलि जटिल भएकाले न्यायपालिका सधैं विवादमा आउने गरेको स्वीकार्नु पर्छ,’प्रधानन्यायाधीशले भने, ‘जुन किसिमको न्यायपरिषद्को संरचना छ त्यो आलोच्यबाहेक अरू हुन सक्दैन।’ न्यायपरिषद्को संरचना संविधान संशोधन गरेरै भए पनि सुधार गर्नुपर्ने उनको तर्क थियो। सबै सरोकारवालासँग परिषद्का विषयमा छलफल गरी संविधान नै संशोधन गरेर भए पनि सुधार गर्नुपर्ने उनको भनाइ थियो। न्यायपालिकामा विचौलिया हाबी रहेको, न्यायाधीश नियुक्तिमा मनपरिले भ्रष्टाचार हुँदा जनआस्थामा असर पर्ने अध्ययन प्रतिवेदनले देखाएको छ।

आफूले सधैं इजलास गठनको क्रममा राम्रा कुरा स्वीकार्दै आएको भन्द्यै प्रधानन्याधीश जबराले गत जेठमा प्रतिनिधिसभा विघटनका बेला संवैधानिक इजलास गठनको प्रसंग कोट्याउँदै समकक्षी न्यायाधीशहरू, नेपाल बार एसोसिएनका प्रतिनिधिले दिएको सुझाव स्वरूप वरिष्ठताको आधारमा इजलास गठन गरेको पनि सुनाए।

‘न्यायपालिकाको श्रीवृद्धिका लागि सही कुरा जहिले पनि स्वीकार्छु। बस्छु भनेका न्यायाधीशलाई राखिएन, बस्दिन भनेकालाई राखियो भन्ने टिप्पणी पनि आए। तर, न्यायपालिकाले कसैको दबाबमा आएर काम गरेको छैन,’ उनले भने, ‘आफ्नो ढिपी छोडेर नै सही सल्लाह मानेर अघि बढेको हुँ। सही कुरा ल्याउनुस् जहिले पनि स्वीकार्छु। गलत कहिल्यै स्वीकार्दिन।’

सर्वोच्च अदालतले गरेका सबै फैसला ऐतिहासिक भएको उनले दाबी गरे। न्यायाधीशले सदैव दायित्व र कर्तव्यमा रहेर काम गरेको धारणा राख्दै उनले भने, ‘फैसलालाई लिएर न्यायाधीशलाई गाली र प्रशंसा गर्न मिल्दैन। आत्मा मात्रै हो। कानुनबमोजिम होस् कुनै गलत नहोस् भनेरै काम गर्छौं।,’  

प्रधानन्यायाधीश जबराले अदालतले गर्ने सबै किसिमका फैसला महत्वपूर्ण हुने बताए। ‘फैसला कहिल्यै पनि प्रतिगामी हुन सक्दैनन्। समाजका लागि अभिप्रेरित हुन्छन्,’ उनले भने, ‘फैसलाले आगामी दिनमा कति सहयोग गर्छ भन्नेमा भर पर्छ। यदि फैसलामा कुनै कमी कमजोरी भएमा परिवर्तन संशोधन पनि भएको छ। न्यायपालिकालाई निरन्तर अघि बढ्न दिनुपर्छ।’

नागरिकलाई हेरेर फैसला गरिने प्रधानन्यायाधीशको दाबी छ। ‘नागरिकभित्र राष्ट्रपतिदेखि सबै पर्छन्। न्यायपालिका नागरिकप्रति उत्तरदायी छ,’ उनले भने। कमी कमजोरी भएका छन् भने सच्चिने पनि बताए। अदालतमा प्राप्त प्रतिवेदनले इजलास गठनका लागि गोलाप्रथालाई प्राथमिकता दिएको उनको भनाइ छ। मंसिरभित्र गोलाप्रथा कार्यान्वयन गर्ने तथा उच्च र जिल्ला अदालतमा लागु गर्न निर्देशन दिइसकिएको उनले जानकारी दिए।

प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधार्न दिइएको प्रतिवेदन उच्च कोटीको रहेको बताए। सेवाग्राही, नागरिकदेखि सबैसँगबाट सुझाव सल्लाह लिएकाले उच्च कोटीको भएको र कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाए। अनुशरण गर्नसक्ने जति सबै अध्ययन गरेर लागु गर्न प्रतिबद्धता व्यक्त गरे। न्यायपालिकाकालाई सुदृढ गरेर अघि बढ्ने लक्ष्य भएकाले प्रतिवेदन कार्यान्वयन गर्ने उनले विश्वास दिलाए।  

उनले फैसलामाथि अनन्तकालसम्म छलफल चलिरहने धारणा राख्दै कतिपय अवस्थामा गरिएका फैसला जनतालाई प्रिय नहुन सक्ने भए पनि न्यायमा मर्का नपरोस् भन्ने हेतुले गरिएको स्पष्ट गरे। मुद्दा प्रक्रियागत रूपमा लम्बिने भएकाले समयमा न्याय फैसला दिन नसकेको स्वीकार गर्नुपर्ने पनि उनको भनाइ छ। कार्यक्रममा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनी शासन भाषण र किताबमा मात्रै नभई व्यवहारमा उतार्ने प्रयास भइरहेको बताए।

त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार, विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए। इजलास गठनका लागि अटोमेसनमा जान प्रतिवेदनले सुझाव दिएको उनले बताए। कतिपय कानुन व्यवसायी नै विचौलिया भएको प्रतिवेदनमा समेत देखिएकाले बार काउन्सिललाई कारबाही गर्न सुझाव दिए।

इजलास गठनका लागि अटोमेसनमा जाँदा केही समय लाग्ने भएकाले गोलाप्रथाबाट सुरु गर्नुपर्ने बार अध्यक्ष श्रेष्ठले बताए। उनले बार काउन्सिललाई समेत गलत काम गर्ने कानुन व्यवसायीहरूलाई कारबाही गर्न सुझाव दिंँदै प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरे। न्यायपालिकाको आस्था उच्च बनाउन सफल सबै क्षेत्रलाई आग्रहसमेत गरे।

त्यसैगरी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भण्डारीले सर्वोच्चले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलाको प्रशंसा गरे। ‘नेपालको न्याय उत्तम न्याय’ उनले भने। प्रधानन्यायाधीश जबराले दिवसको अवसरमा बार काउन्सिलको जर्नल विमोचन गरेका थिए। त्यसैगरी बार काउन्सिलबाट परीक्षा दिएर उत्कृष्ट १० जनामा परेका २७ जना नयाँ अधिवक्तालाई सम्मान गरिएको थियो। नम्बर बराबर भएकाले उत्कृष्ट १० मा २७ जना सम्मानित भएका हुन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस