काठमाडौं- 'कमरेडहरूको जत्ति लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन।'
एमाले अध्यक्षमा निर्वाचित भएको पर्सिपल्ट बिहीबार पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा भावुक रूपमा प्रस्तुत भए, केपी शर्मा ओली।'स्वास्थ्यमा केही समस्या छन् भन्ने कुराप्रति म सजग छु र यहाँहरूको चासोप्रति संवेदनशील छु। पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टीनेता म्याराथुन धावक पनि होइन। यो एउटा टिम स्पि्रट हो र पार्टीनेताले मूलतः वैचारिक, सांगठनिक र शैलीगत अगुवाई गर्दै समग्र पार्टीलाई गतिशील बनाउने हो,' उनले आफ्नो लिखित वक्तव्यमा भनेका छन्।
ओलीले आफू स्वास्थ्य समस्याप्रति सजग रहेको मात्र बताएनन्, त्यसले ल्याएको चुनौतीले थप सामर्थ्य र ऊर्जासमेत भरिएको उल्लेख गरे। त्यही ऊर्जाका साथ आफ्नो कार्यकालमै पार्टीलाई पहिलो बनाउने प्रतिबद्धता उनले जनाएका छन्।
'तेस्रो स्थानमा खुम्चिएको एमाले दोस्रो बनेको छ। त्यसलाई अगामी निर्वाचनमा पहिलो बनाउने प्रण गरेको छु,' ओलीले भने, 'अरूको कमजोरीबाट लाभ उठाएर होइन, वैचारिक आधारमै एमालेलाई पहिलो पार्टी बनाउँछौं।'
महाधिवेशन समापन कार्यक्रममा ओलीले आफू पार्टी अध्यक्ष बन्नुभन्दा जिम्मेवारीअनुसार काम गर्नु सक्नु ठूलो कुरा भएको बताए। 'अध्यक्ष छानिनु ठूलो कुरा होइन, त्यसअनुसार काम अघि बढाउन सक्नु वा नसक्नु ठूलो कुरा हो,' उनले भने, 'देश र पार्टीलाई अघि बढाउने जिम्मेवारी आएको छ।'
ओलीले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्नुलाई आफ्नो कार्यकालको पहिलो प्राथमिकता बताएका छन्। 'सकेसम्म छिटो लोकतान्त्रिक संविधान जारी गर्नु र पछौटेपन भएको नेपाललाई आधुनिक र सम्पन्न देश बनाउनु आवश्यक छ,' उनले भने।
शासनमा रहेका व्यक्तिको गलत मनसाय र नीतिका कारण देश पछि परेको ओलीको भनाइ थियो। एकताबद्ध पार्टीले मात्रै देशका समस्या समाधान गर्ने जनाउँदै उनले भने, 'पानीको धाराले ढुंगा छेड्न सक्छ भने एकताबद्ध एमालेले गरिबी छेड्न सक्दैन र!'
निर्धारित समयभन्दा करिब २ घन्टा ढिलो कार्यक्रमस्थल पुगेका ओलीले सबै नेतालाई महाधिवेशनका कुरा बिर्सेर अघि बढ्न आग्रह गरेका थिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा विभाजित बनेर प्रतिस्पर्धा गरिएकाले पार्टीलाई एकताबद्ध बनाउनु सबभन्दा ठूलो चुनौती रहेको बताए। 'महाधिवेशन विभाजित भएर सम्पन्न गरेका छौं। तल्लो तहका कार्यकर्तासमेत विभाजित भएका छन्,' खनालले भने, 'केपी ओली र केन्द्रीय कमिटीसामु फुटेको धाँजालाई एकताबद्ध बनाएर लैजाने चुनौती छ।'
खनालले सैद्धान्तिक विषयमा एमालेभित्र फरकपन नभएको दाबी गरे। 'सैद्धान्तिक विषयमा एक सुत्ता पनि फरकपन नहुनु नै एकताको मुख्य आधार हो,' उनले भने।
नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपाल नेतृत्वको प्यानलले पदाधिकारी र सदस्यमा प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा नेता नेपालले प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्नु गलत रहेको बताए। 'त्यसलाई आगामी दिनमा सच्याउनुपर्छ,' उनले भने, 'गुटका आधारमा पार्टी चल्दैन भनेर सबैलाई आश्वस्त पार्नुपर्छ।'
उनले प्यानलमा प्रतिस्पर्धा भए पनि प्रतिनिधिले विवेक पुर्या एर छनोट गरेको बताए। 'प्रतिनिधिले निष्पक्ष मूल्यांकन गरेका छन्,' उनले भने, 'अब ओलीको परीक्षण सुरु भएको छ।'
अध्यक्षमा निर्वाचित ओलीलाई बधाई दिँँदै नेपालले जित्नेले सबैलाई समट्नुपर्ने र हार्नेले पनि सहयोगका साथ अघि बढ्नुपर्नेमा जोड दिए। 'हार्नेलाई पनि व्यवस्थापन गर्ने विषयमा समेत सोचिनुपर्छ,' उनले भने।
एमाले निर्वाचन आयोगका अनुसार ओली प्रतिस्पर्धी नेपाललाई ५६ मतले पराजित गर्दै पार्टी अध्यक्ष भएका हुन्।
अस्तव्यस्त समापन
एमालेको नवौं महाधिवेशन ३३ बुँदे घोषणापत्र सार्वजनिक गर्दै १४ दिनपछि बिहीबार समापन भएको छ। एमालेले असार १९ गते महाधिवेशन उद्घाटन र असार २५ गते समापन गर्ने योजना बनाएको थियो।
पार्टी मुख्यालय बल्खु परिसरमा आयोजित समापन कार्यक्रम अस्तव्यस्त थियो। करिब १ सय व्यक्ति अट्ने गरी पाल टाँगेर कार्यक्रमस्थल निर्माण गरिएको थियो, तर त्यसको तेब्बर कार्यकर्ता पार्टी मुख्यालय पुगेका थिए।
समापन समारोहमा नेताहरूले नवौं महाधिवेशन लामो भएकाले आगामी दिनमा छिटो–छरितो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 'देशभरबाट राजधानी आएका कार्यकर्ताले उद्घाटन कार्यक्रम हेर्न पाएनन्। उद्घाटन र समारोह उत्सवजस्तो हो,' नेता नेपालले भने, 'हाम्रो महाधिवेशन लामो र भद्दा भयो। त्यसलाई आगामी दिनमा सच्याउनुपर्छ।' निवर्तमान अध्यक्ष खनालले पनि महाधिवशेन लामो भएको भन्दै असन्तुष्टि जनाए।
कार्यक्रममा निर्वाचन आयोगले विजयी नेतालाई प्रमाणपत्र प्रदान गरेको थियो। भिडका कारण सबै पदाधिकारी र सदस्य एकै स्थानमा भेला हुन सकेनन्। उनीहरूले भिडमा मुट्ठी उचालेर शपथग्रहण गरेका थिए।
केन्द्रीय सदस्यमा बराबरी मत ल्याएका दुईजनालाई गोला तान्न बोलाउँदा दुवै आएनन्।
खुला सदस्यमा ओली प्यानलका खिमलाल भट्टराई र नेपाल प्यानलका नागेन्द्र चौधरीले बराबर ९ सय ८७ मत ल्याएका थिए। त्यसैगरी, मुस्लिमतर्फ पूर्ण केन्द्रीय सदस्यमा मोहम्मद महफुज अन्सारी र सिराज अहमन फारुकीको पनि बराबर ९ सय ६४ मत छ।
समापन कार्यक्रममा निवर्तमान अध्यक्ष खनालले नवनिर्वाचित अध्यक्ष ओलीलाई आठौं केन्द्रीय कमिटीको बैठकपुस्तिका सुम्पँदै जिम्मेवारी हस्तान्तरण गरेका थिए। अध्यक्ष ओलीले शुक्रबार १ बजे केन्द्रीय कमिटी बैठक डाकेका छन्।
संख्यामा हेरफेर
शुक्रबार राति मतदान भएको पदाधिकारी तथा सदस्यको अन्तिम परिणाम बुधबार राति अबेर मात्रै आएको थियो। पार्टी निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले पदाधिकारीको मत भन्दै सञ्चारमाध्यमलाई जनाएको संख्या अन्तिम घोषणामा फेरबदल भएको छ।
प्यासीले केपी ओलीले १ हजार ४७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको बताएका थिए, तर निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम नतिजामा ओलीले १ हजार ५६ मत प्राप्त गरेको उल्लेख छ। महासचिवमा ईश्वर पोखरेलको १ हजार ३६ मत भनिएकोमा अन्तिम परिणाममा १ हजार ४५ उल्लेख छ।
उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, उपमहासचिवमा विष्णु पौडेल, सचिवमा प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि मत बढेको देखिन्छ। उनीहरू सबै एकै प्यानलका उम्मेदवार हुन्।
यसैबीच, खुलातर्फ वैकल्पिक केन्द्रीय सदस्यका उम्मेदवार सोभियत ढकालले निर्वाचन आयोगले बढी मतलाई घटाएर अर्कैलाई निर्वाचित गरेको आरोप लगाएका छन्। '९ सय ३ मत आएको थियो, पटक–पटक ट्याली गर्दा पनि त्यही देखिएको थियो। निर्वाचन आयोगले मेरो मत घटाएर अर्कै निर्वाचित भएको घोषणा गरेको छ,' ढकालले नागरिकसँग भने।
यसैगरी, नेपाल प्यानलका भूगोलबाट पूर्ण र वैकल्पिक सदस्यमा उम्मेदवारी दिएका १९ उम्मेदवारले नमुनाअनुसार मतपत्र नभएको भन्दै त्यसको कानुनी उपचार खोज्ने तयारी सुरु गरेका छन्।
'प्यानलका आधारमा मतपत्र तयार गर्ने भनिएको थियो, निर्वाचन आयोगले त्यसअनुसार मतपत्र तयार पारेन,' गण्डकीका वैकल्पिक केन्द्रीय सदस्य उम्मेदवार शंकरनारायण श्रेष्ठले नागरिकसँग भने, 'जसका कारण करिब साढे २ सय मतपत्र खाली भए। कानुनी उपचार खोज्न परामर्श गरिरहेका छौं।'
अर्याल होटलमा तोडफोड
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनका लागि प्रयोग गरेको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बुधबार राति तोडफोड भएको छ।
होटल सञ्चालक सुरेश अर्यालका अनुसार राति ११ बजे गुल्मीका प्रदीप खत्रीसहित दुई व्यक्तिले होटल तोडफोड गरेका हुन्। 'प्रदीप खत्रीले यसअघि बुबा (भूपराज अर्याल) लाई माधव नेपाललाई होटल प्रयोग गर्न किन दिएको भन्दै धम्क्याएका थिए,' अर्यालले नागरिकसँग भने।
कार्यकर्ता भेटघाटका लागि आफूले प्रयोग गरेको होटलमा तोडफोड भएको भन्दै नेता नेपालले पार्टी मुख्यालयमा आयोजित समापन समारोहमा आक्रोश व्यक्त गरेका थिए। 'नेता विशेषलाई संरक्षण गरेको भन्दै तोडफोड गर्ने त्यस्ता गुन्डाले प्रोत्साहन पाउँछन् कि पाउँदैनन्?' नेपालले प्रश्न गरेका थिए।
नवनिर्वाचित अध्यक्ष ओलीले पार्टीभित्र र बाहिर कुनै पनि स्थानका गुन्डागर्दी आफूलाई सह्य नभएको बताएका थिए।