राजनीतिक सभाबारे कार्ययोजना पारित
०५ साउन २०७१
•
६ मिनेट पाठ
राजनीतिक सभाबारे कार्ययोजना पारित
काठमाडौं- 'जनयुद्धको जगमा जनविद्रोह' कि 'एकीकृत सशस्त्र क्रान्ति' लाई कार्यदिशा मान्ने भन्ने विषयमा सहमति हुन नसक्दा नेकपा–माओवादीको केन्द्रीय समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ। पार्टी मुख्यालयमा बसेको तीनसाता लामो केन्द्रीय समिति बैठकले पार्टीको आगमी कार्यदिशाबारे निर्णय गर्न नसके पनि सर्वपक्षीय राजनीतिक सभामार्फत नयाँ संविधानको टुंगा लगाउन जोड दिँदै सातमहिने कार्ययोजना पारित गरेको छ।अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले फरक–फरक राजनीतिक प्रतिवेदन पेस गर्दै कार्यदिशामा बहस गराए पनि केन्द्रीय समितिले कुनै पनि निष्कर्ष निकाल्न सकेन। बैठकमा अध्यक्ष वैद्यले 'जनयुद्धको जगमा जनविद्रोह' भन्ने कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने त्यसमा फरक मत राख्दै सचिव नेत्रविक्रम चन्दले 'एकीकृत सशस्त्र क्रान्ति' लाई कार्यदिशा बनाउनुपर्ने जोड दिएका थिए। 
'कुन कार्यदिशामा पार्टी अघि बढ्ने भन्ने निर्णय केन्द्रीय समितिले गर्न सकेन, अब त्यो पार्टीको तल्लो कमिटीसम्म छलफलमा जानेछन्,' पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाले नागरिकसँग भने, 'त्यसका लागि साउन १५ देखि भदौ १५ सम्म प्रशिक्षण कार्यक्रम राखेका छौं, त्यही नै कार्यकर्ताले कार्यदिशाबारे बहस गर्नेछन्।' उनका अनुसार राज्य समिति स्तरमा हुने प्रशिक्षण तथा बहसको निचोडअनुसार कार्यदिशाबारे निर्णय लिन विशेष महाधिवेशन आयोजना गरिनेछ। 
एकीकृत नेकपा माओवादीलाई 'नवसंशोधनवादी तथा दक्षिणपन्थी' भन्दै दुई वर्षअघि मात्रै अलग भएको वैद्य माओवादी पहिलो पटक गम्भीर राजनीतिक संकटमा परेको छ। वैद्यले 'जनयुद्धको जगमा जनविद्रोह' का लागि क्रमशः वातावरण बन्दै गएकोमा जोड गरे पनि चन्दले भने त्यसमा रत्तिभर विश्वास गरेका छैनन्। 
'दुई वर्ष लाग्दा पनि जनविद्रोह त के, त्यसको आधार पनि तय हुन सकेन, अब एकीकृत सशस्त्र क्रान्तिको विकल्प छैन,' चन्दको फरक प्रतिवेदन उद्धृत गर्दै स्रोतले भन्यो। पुजीवादी तथा साम्राज्यवादी शक्ति हाबी हुँदै गएकाले अब शान्तिपूर्ण तरिकाले आन्दोलन हुन सक्ने अवस्था नभएको भन्दै चन्दले प्रतिवेदनमार्फत सशस्त्र क्रान्तिको विकल्प नभएकोमा जोड गरेका छन्। 
वैद्यले शान्तिपूर्ण तरिकाले विद्रोह अझै हुन सक्ने र त्यसका लागि एमाओवादीलगायत आदिवासी/जनजाति, मधेसी र राष्ट्रवादी शक्तिलाई साथ लिएर अघि बढ्न सक्ने अवस्था भएकोमा जोड गरेका छन्। 'एमाओवादीले अहिले सर्वपक्षीय राजनीतिक सभालाई स्वीकार गर्ने तथा पाँच वामपन्थी दलबीच कार्यगत एकता गर्ने निर्णय सकारात्मक दिशामा गएको छ,' वैद्यले जोड गरेका छन्, 'अब आदिवासी/जनजाति, मधेसी, मुस्लिम तथा अल्पसंख्यक पनि क्रमशः विद्रोहको कित्तामा आउँछन् र त्यसैको बलमा हुने विद्रोहको नेतृत्व हामीले गर्नुपर्छ।' वैद्यले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि सशस्त्र विद्रोह हुन नसक्ने र गरे पनि सफल नहुने धारणा पेस गरेका छन्।
वैद्यले संविधानसभाको वर्तमान संरचनाबाट 'जनताको संघीय संविधान' निर्माण हुन नसक्ने भन्दै पार्टीले उठाउँदै आएको सर्वपक्षीय राजनीतिक सभा नै उपयुक्त र वस्तुवादी विकल्प भएकोमा जोड गरेका छन्। सर्वपक्षीय राजनीतिक सभाबाट नै नयाँ संविधान निर्माण गर्न र त्यसमा पार्टीले स्वामित्व लिनुपर्ने वैद्यको जोड छ। प्रशिक्षण कार्यक्रममा चन्द र वैद्य दुवैले आ–आफ्नो प्रस्तावित दस्तावेज व्याख्या गर्ने तथा जवाफ दिने भएका छन्। 
सर्वपक्षीय राजनीतिक सभामार्फत नयाँ संविधान निमार्णका लागि अभियान चलाउन पार्टीले माघ ८ गते (संविधान निमार्णको समयसीमा) लाई लक्षित गर्दै सातमहिने कार्ययोजना पारित गरेको केन्द्रीय सदस्य बद्री बजगार्इंले जानकारी दिएका छन्। 'माघ ८ गतेभित्र नयाँ संविधान ल्याउने कुरा भइरहेको छ, तर यो संरचनाबाट जनताको संविधान बन्दैन भन्ने हाम्रो पार्टीको निष्कर्ष छ,' बजगाईंले नागरिकसँग भने, 'त्यसैले सर्वपक्षीय राजनीतिक सभा आयोजना गरी त्यसबाट जनताको संविधान बनाउनुपर्छ भनेर अभियान चलाउन लागेका हौं।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस